Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनका थप ८ जनामा कोरोना संक्रमण पुष्टि

चितवनका थप ८ जनामा कोरोना संक्रमण पुष्टि

इच्छाकामना न्युज

४, मंसिर २०७७
चितवनका थप ८ जनामा कोरोना संक्रमण पुष्टि
images

चितवन, ४ मङ्सिर । चितवनमा थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

images
images

बुधबार गरिएको ६२ वटा नमुना परीक्षणमा ८ वटा नमुनाको कोभिड–१९ पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ३ जना पुरुष र ३ जना महिला रहेका छन् । यस्तै रत्ननगर नगरपालिका–१६ की २३ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरि लमजुङको दोर्डि–६ का ५० वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।

 

images
प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - ०८:३८:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology