Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पृथ्वीसुब्बा प्रचार विभाग प्रमुख, योगेश स्वास्थ्य

पृथ्वीसुब्बा प्रचार विभाग प्रमुख, योगेश स्वास्थ्य

इच्छाकामना न्युज

२६, मंसिर २०७८
पृथ्वीसुब्बा प्रचार विभाग प्रमुख, योगेश स्वास्थ्य
images

काठमाडौं, २६ मंसिर । नेकपा एमालेले प्रचार विभागको जिम्मेवारी पृथ्वीसुब्बा गुरुङलाई दिएको छ । आइतबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका उपमहासचिव गुरुङलाई प्रचार विभागको जिम्मेवारी दिएको हो । 

images
images

यसअघि योगेश भट्टराई प्रचार विभागमा प्रमुख रहेका थिए । उनलाई अहिले  स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख बनाइएको छ । 

यस्तै एमालेले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई समग्र पार्टीको कार्यविभाजन तोक्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी दिएको छ । एमालेले प्रदीप ज्ञवालीलाई स्कुल विभागको जिम्मा दिइएको छ ।

कसलाई के को जिम्मेवारी ?

अध्यक्ष केपी शर्मा ओली : समग्र पार्टी
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान
उपाध्यक्ष युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय
उपाध्यक्ष रामबहादुर थापा बादल : राष्ट्रिय सुरक्षा
उपाध्यक्ष विष्णु पौडेल : पार्टी संगठन अनुगमन
उपाध्यक्ष सुवास नेम्वाङ : संसदीय अनुगमन
उपाध्यक्ष सुरेन्द्र पाण्डे : राजकीय मामिला
महासचिव शंकर पोखरेल : समग्र पार्टी
प्रदीप ज्ञवाली : स्कुल विभाग
पृथ्वीसुब्बा गुरुङ : प्रचार विभाग
विष्णु रिमाल: आर्थिक लेखा लगायत
योगेश भट्टराई : स्वास्थ्य तथा जनसंख्या विभाग
भीष्म अधिकारी : कार्यालय सचिव
खगराज अधिकारी : संगठन विभाग

images
प्रकाशित मिति :मंसिर २६, २०७८ आइतवार - २१:५९:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology