Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अन्ततः नेकपा एमाले केन्द्रीय सदस्यको मनोनितमा कृष्णभक्त पोखरेल परेनन्

अन्ततः नेकपा एमाले केन्द्रीय सदस्यको मनोनितमा कृष्णभक्त पोखरेल परेनन्

इच्छाकामना न्युज

२६, मंसिर २०७८
अन्ततः नेकपा एमाले केन्द्रीय सदस्यको मनोनितमा कृष्णभक्त पोखरेल परेनन्
images

चितवन, २६ मंसिर । नेकपा एमाले चितवनका लोकप्रिय मानिने सांसद कृष्णभक्त पोखरेल एमाले केन्द्रिय सदस्यमा पर्न सकेनन। शनिबार र आइतबार बसेको एमालेको केन्द्रिय कमिटीको बैठकले ४३ जनालाइ केन्द्रीय सदस्यहरू मनोनित गरेको हो। तर चितवनको सौराहामा केपी ओलीको पकेट भित्र नपरेका पोखलेल मनोनीतको लिस्टमा पर्लान भन्ने सबैको अनुमान थियो।

images
images

मनोनितको सूचीमा पुर्बका ब्यापारी दुर्गा प्रसाईंदेखि महाधिवेशन स्थलबाट बिचैमा हिंडेका लालबाबु पण्डितसम्म अटाउँदा पोखरेल भने पाखा परेका छन।आफ्नो विपक्षमा अदालतमा बहस गरेका आधारमा पोखरेललाइ ओलीले केन्द्रिय सदस्यहुनबाट पाखा लगाएको जानकारहरु बताउँछन।

माधब नेपाल निकट मानिने पोखरेलले ओलीले गरेको प्रतिनिधि सभा विघटनका विपक्षमा बहस गरेका थिए।तर अदालतले एमाले र माओवादी अलग हुने फैसला गरेपछि भने पोखरेल एमालेमै लागेका थिए।

प्रतिनिधि सभाको निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित पोखरेल संसदको कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति हुन्। उनी नेकपा एमालेको निर्वाचित जिल्ला अध्यक्ष हुन्। एमाले र माओवादी केन्द्रकाबीच एकता हुँदा उनले माओवादीका नेता यमबहादुर परियारलाई अध्यक्ष मानेर जिल्ला सचिव भएका थिए।

दस बुँदे एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने भनिए पनि पोखरेलको अध्यक्ष पद पुनर्वहाली भएन। एमाले चितवन अध्यक्ष बनिसकेकी राष्ट्रिय सभा सदस्य पार्वती रावलले अध्यक्ष पद छाडिनन्।

तर केन्द्रीय समितिले विधान बमोजिम मनोनित गर्ने सूचीमा आफू पर्नेमा पोखरे ढुक्क थिए।

images
प्रकाशित मिति :मंसिर २६, २०७८ आइतवार - २१:३६:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology