Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

छठ सुरु भएसँगै बाँसको सामग्री बनाउन मरिक समुदाय व्यस्त

छठ सुरु भएसँगै बाँसको सामग्री बनाउन मरिक समुदाय व्यस्त

रासस

३, मंसिर २०७७
छठ सुरु भएसँगै बाँसको सामग्री बनाउन मरिक समुदाय व्यस्त

सुनसरी, ३ मंसिर । सुनसरीमा छठलक्षित बाँसका सामग्री बनाउन मरिक समुदायका मानिस व्यस्त भएका छन् । यही मङ्सिर ५ गते हुने आस्था र निष्ठाको पर्व छठ आउन दुई दिन मात्र बाँकी रहेका बेला मरिक समुदाय छठमा प्रयोग हुने बाँसका विभिन्न सामग्री बनाउन व्यस्त बनेका हुन् ।
सुनसरी सदरमुकाम इनरुवा–१ का मरिक बस्तीदेखि जिल्लाको विभिन्न स्थानीय तहमा रहेका मरिक समुदायले दिनरात एक गरेर छठलक्षित बाँसका साग्रमी बनाउन व्यस्त बनेका छन् । जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा रहेका मरिक समुदाय बाँसका सामग्री बनाउन व्यस्त बनेका हुन् । मरिक समुदायले छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाउन व्यस्त बनेको वीरेन्द्र मरिकले बताउनुभयो । छठ नजिएको बेला बाँसका सामग्रीको माग अत्यधिक हुने गरेको र त्यो बेला बनाउनका लागि भ्याइनभ्याई हुने भएकाले एक महिनाअघिदेखि नै बाँसका सामग्री बनाउन लागेको मरिक समुदायले बताएका छन् ।

images

अहिले गाउँगाउँबाट रु १५० देखि २५० सम्म बाँस किनेर ल्याई छठमा प्रयोग हुने सामग्री बनाउन लागेको गीता मरिकले बताउनुभयो । छठपर्वमा बाँसकै सामग्री बढी मात्रामा आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिकलाई यस पर्वको बेला राम्रो आम्दानी अवसरसमेत भएकाले व्यस्त हुने गरेका छन् । राम्रो आम्दानी गर्ने उद्देश्यका साथ एक महिना अगाडिदेखि नै बाँसका सामग्री बनाउन उनीहरु व्यस्त भएका छन् । बाँसको साम्रगी अरु बेला कमै मात्र बिक्री हुने गरेको भए पनि पर्वमा अत्यधिक मात्रामा बिक्री हुने गरेको मरिक समुदायका स्थानीयवासीको भनाइ छ । छठपर्व गर्नेहरु प्रत्येक वर्ष बढेकाले आफूहरुलाई बाँसका सामग्री सबैलाई पुर्याउन नै गाह्रो हुने भएकाले यतिबेलादेखि नै सामग्री बनाउन मरिकहरु व्यस्त बनेका हुन् । छठमा बाँसको सामग्री पुर्याउन आफूहरु महिना दिनअघिबाट नै काममा व्यस्त हुने गरेको भटाइ मरिकको भनाइ छ ।

हरिनगरा र भुटहाबाट रु १५० देखि २५० सम्ममा बाँस खरिद गरी सामग्री बनाई स्थानीयवासीको छठलाई सहज पार्ने प्रयासमा आफूहरु रहेको राधे मरिकले बताउनुभयो । यता भुटाहाका मरिकहरुजस्तै लौकही, श्रीपुर, मध्यहर्षाही भोक्राहा, इनरुवा, डुम्राहा र झुम्काका मरिकहरुसमेत छठलक्षित बाँसका सामग्री बनाउन व्यस्त रहेको पाइएको छ । यसरी मरिक समुदाय आधुनिकतासँगै बाँसको सामग्रीको माग घटेको बेला चाडपर्वमा बाँसको सामग्री बिक्री हुने भएकाले त्यसैमा चित्त बुझाउन बाध्य छन् ।

images
प्रकाशित मिति :मंसिर ३, २०७७ बुधवार - ११:१९:५४ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology