Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

राष्ट्रिय आधारभुत विद्यालय पामडाँडाले भव्य रुपमा मनायो स्वर्ण महोत्सव

राष्ट्रिय आधारभुत विद्यालय पामडाँडाले भव्य रुपमा मनायो स्वर्ण महोत्सव

images

इच्छाकामना न्युज

२४, मंसिर २०७८
राष्ट्रिय आधारभुत विद्यालय पामडाँडाले भव्य रुपमा मनायो स्वर्ण महोत्सव
images

पामडाडा, २४ मंसिर । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ मा रहेको राष्ट्रिय आधारभुत विद्यालय पामडाँडाले ५० औं स्वर्ण महोत्सव भव्य रुपमा मनाएको छ। वि.सं. २०२८ सालमा स्थापना भएको विद्यालयले यहि मंसिर २२ र २३ गते भव्य रुपमा ५० औं स्वर्ण महोत्सव मनाएको हो।

7.jpg

विद्यालयको स्वर्ण महोत्सवको अवसरमा पहिलो पटक पामडाँडामा राष्ट्रिय तथा स्थानीय लोकदोहोरी कलाकारहरुले बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रध्यानाध्यापक यान बहादुर गुरुङले जानकारी दिए। उनका अनुसार साँस्कृतिक कार्यक्रममा रेशम निर्दोश, चन्द्र परियार, सरिता गुरुङ, रुपा गुरुङ लगायत दर्जनौ कलाकारले साँगेतिक प्रस्तुति दिएका थिए।

1.jpg

२ दिनसम्म चलेको विद्यालयको स्वर्ण महोत्सव कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो।

यस्तै कार्यक्रमको पहिलो दिन प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र दोस्रो दिन गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ प्रमुख अतिथि थिए भने कार्यक्रमको सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर गुरुङ रहेका थिए।

2.jpg5.jpg3.jpg4.jpg

images
प्रकाशित मिति :मंसिर २४, २०७८ शुक्रवार - १०:४३:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology