खोटाङ, २० मंसिर । जिल्ला प्रहरी कार्यालय खोटाङले अवैध रुपमा खोलाबाट बालुवा उत्खनन् गरी ओसार–पसार गरिरहेको अवस्थामा चारवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । जिल्लाको साप्सु खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी ओसार–पसार गरिरहेको को २ त ८७६८, को २ त ८८६५, को ३ त ९४ र को २ त ८८७९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । बालुवासहित नियन्त्रणमा लिइएको ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई बुझाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए ।
को २ त ८७६८, को २ त ८८६५ नम्बरको ट्याक्टर आइतबार र को ३ त ९४ र को २ त ८८७९ नम्बरको ट्याक्टरलाई सोमबार नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको ट्याक्टरलाई प्रहरीले कारबाहीका लागि नगरपालिकामा बुझाएको थियो। नियन्त्रणमा लिइएको ट्याक्टरलाई नगरपालिकाले कर लिएर छाडेको प्रहरीले जनाएको छ ।