Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एकाबिहानै दृश्यावलोकनको लागि मानुङ जाँदै गरेको हायस बस दुर्घटना, १ को मृत्यु ५ घाइते

एकाबिहानै दृश्यावलोकनको लागि मानुङ जाँदै गरेको हायस बस दुर्घटना, १ को मृत्यु ५ घाइते

इच्छाकामना न्युज

३, मंसिर २०७७
एकाबिहानै दृश्यावलोकनको लागि मानुङ जाँदै गरेको हायस बस दुर्घटना, १ को मृत्यु ५ घाइते
images

दमौली, ३ कार्तिक । पछिल्लो समय निकै चर्चामा आएको तनहुँको मानुङ डाडामा एका बिहानै हायस बस दुर्घटना भएको छ। सुर्योदय अवलोकनका लागि यात्रु बोकेर दमौलीबाट मानुङतर्फ जाँदै गरेको ग १ ख २९४२ नम्बरको यात्रुवाहक हायस बस भीरबाट खसेर दुर्घटना भएको हो। दुर्घटना परि एक जनाको ज्यान गएको छ । ज्यान जानेमा पोखरा महानगरपालिका गगनगौडा निवासी करिब २८ वर्षकी सुनिता गुरुङ छन् । घटना लगत्तै उद्धार गरिएकी उनको उपचारका क्रममा दमौलीको रत्नहरी अस्पतालमा ज्यान गएको ट्राफिक प्रमुख रेशम रानाभाटले जानकारी दिए। अरु पाँच घाइते छन् । विहान सवा ४ बजेतिर उकालो लाग्दै गरेको हायस मानुङ पुग्नै लाग्दा ब्रेकरका कारण उक्लन नसके पछि ब्याक भएको थियो । सोही क्रममा ६ सय मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शी अनुप आलेले जानकारी दिए ।

images
images

images
प्रकाशित मिति :मंसिर ३, २०७७ बुधवार - ०७:३०:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology