Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

न्यायलय क्षेत्र र कर्मचारी प्रशासनको पुर्नसँरचना नहुँदा देशको न्यायलयमा समस्या देखियो : साँसद हरीराज अधिकारी

न्यायलय क्षेत्र र कर्मचारी प्रशासनको पुर्नसँरचना नहुँदा देशको न्यायलयमा समस्या देखियो : साँसद हरीराज अधिकारी

images

इच्छाकामना न्युज

९, मंसिर २०७८
न्यायलय क्षेत्र र कर्मचारी प्रशासनको पुर्नसँरचना नहुँदा देशको न्यायलयमा समस्या देखियो : साँसद हरीराज अधिकारी
images

गाेरखा, ९ मंसिर । जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर १ का साँसद हरीराज अधिकारीले न्यायलय क्षेत्र र कर्मचारी प्रशासनकाे पुर्नसँरचना नहुँदा देशमा अहिले न्यायलयमा समस्या देखिएकाे बताउँदै यसकाे पुर्नसँरचना जरुरी भएकाे बताएका छन् ।

जिल्लाकाे शहिललखन गाउँपालिका स्थित बहुउदेश्यिय भवन उद्घाटनकाे लागि आज गाेरखा आइपुगेका साँसद अधिकारीले सेनाले राज्यकाे सँरचना बुझेकाे कारण त्यहाँ भित्र समस्या नरहेकाे बताए । न्याय क्षेत्र र कर्मचारी प्रशासनकाे पुर्नसँरचना बारे पहिल्यै कुरा चलेपनि याे विस्तारै गर्ने भन्दा अहिले समस्या देखिएकाे बताए । कर्मचारी क्षेत्रमा अझै समस्या देखिन सक्ने उनले बताए ।

एकपटक न्यायधिश भएपछि उसलाइ राज्यले जीवनभर पालनपाेषण गर्नुपर्ने र कुनैपनि विषयमा मुद्दा लगाउन नपाइने विषय भएका कारण यस्ता विषयहरु हटाउनुपर्ने उनले बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री राम्जी प्रसाद बरालले गण्डकी प्रदेशका ८५ वटा गाउँपालिकामा शहिदलखन गाउँपालिका बेरुजु कम हुनेमा प्रथम हुन सफल भएकाेमा बधाइ दिँदै यस पालिकाकाे चाैतर्फि विकासका लागि आफूले काम गर्ने बताए । पालिकालाइ नमुना बनाउन सबैले डटेर काम गर्नुपर्ने उनले बताए ।

गाउँपालिका अध्यक्ष रमेश थापा मगरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली काँग्रेसका खुन प्रसाद रेग्मी, माअाेवादी केन्द्रका ध्रुव खनाल, ;जसपा पार्टीका मनाेज श्रेष्ठ, वडा अध्यक्षहरु गणेश थापा, कृष्ण चेपाङ, दिलिप नारायण श्रेष्ठ, शरण श्रेष्ठ, राम प्रसाद लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पालिकाले ४ वटा आर्थिक वर्षमा उत्कृष्ट काम गर्ने २५ जना कर्मचारी र समयमै कार्य सम्पन्न गर्ने निर्माण व्यावसायीहरुलाइ सम्मान  गरेकाे छ ।

images
प्रकाशित मिति :मंसिर ९, २०७८ बिहिवार - २१:४५:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology