Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बुवाको सपना पुरा गर्न भन्दै खुमबहादुरका छोराले रोजे राजनीति

बुवाको सपना पुरा गर्न भन्दै खुमबहादुरका छोराले रोजे राजनीति

इच्छाकामना न्युज

९, मंसिर २०७८
बुवाको सपना पुरा गर्न भन्दै खुमबहादुरका छोराले रोजे राजनीति
images

दाङ , ९ मंसिर । उमेरले २८ वर्ष पुगेका अनुराग खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । उनी दाङ जिल्लामै सबैभन्दा बढी मत प्राप्त गरेर महाधिवेशनमा निर्वाचित भएका छन् । 

images
images

महाधिवेशन प्रतिनिधिको लागि मंगलबार भएको मतदानबाट दाङका तीन वटै निर्वाचन क्षेत्रमा अनुरागको बराबर कसैले पनि मत ल्याउन सकेनन् । जिल्लामा चुनिने ७० जना महाधिवेशन प्रतिनिधिमा उनी सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधि बनेका छन् । 

जिल्लामा लोकप्रिय मत ल्याउने र कम उमेरका महाधिवेशन प्रतिनिधि अनुराग नेपाली कांग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काका छोरा हुन् । खुमबहादुरले प्रभावशाली भूमिका राख्दै गर्दा अनुराग राजनीतिमा आउन चाहेनन् । पठन पाठनमा नै रहिरहे । उनले व्यवस्थापन संकायमा स्नातकोत्तर सक्दै गर्दा खुमबहादुरको निधन भयो । बुवाको निधनपछि अनुरागले राजनीतिमा चासो देखाए । उनी १४औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका छन् ।

उनले बुवाको वार्षिकी सकेर त्यही कार्यक्रममा राजनीतिमा आउने इच्छा रहेको सार्वजनिक गरेका थिए । खुमबहादुरलाई नेता मान्ने जिल्लाका कांग्रेसका नेता कार्यकर्ताहरूले त्यो निर्णयलाई स्वागत पनि गरेका थिए । नेपाली कांग्रेस केन्द्रीय समितिले अनुरागलाई विभागीय जिम्मेवारी पनि दिएको थियो ।

खड्काले दाङको निर्वाचन क्षेत्र नम्बर १ मा खुल्लातर्फबाट २१ महाधिवेशन प्रतिनिधिका प्रतिस्पर्धी मध्ये सबैभन्दा बढी ४९७ मत प्राप्त प्राप्त गरेका हुन् । क्षेत्र नम्बर १ मा कूल ६९४ मतदाता रहेकोमा निर्वाचन प्रक्रियामा ६८५ जनाले भाग लिएका थिए । 

राजनीतिमा प्रवेश गरेका अनुरागले आफूले बुवाकै कारणले लोकप्रिय मत पाएको भन्दै बुवाकै सपना पुरा गर्न राजनीतिमा आएको बताएका छन् । ‘यो मेरो बुवाप्रति मतदाताले देखाएको सम्मान हो,’ अनुरागले भने, 'यो सम्मानलाई निराश हुन दिन्न । म बुवाकै बाटोमा हिँड्ने छु ।'

उनले नेता तथा जिल्ला बासीहरूको परामर्शमा महासमिति सदस्य र केन्द्रीय सदस्यमा लड्ने तयारी गरेको बताएका छन् ।

images
प्रकाशित मिति :मंसिर ९, २०७८ बिहिवार - २०:३०:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology