Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गृह जिल्ला लमजुङमा लोकप्रिय गायक राजु परियार सम्मानित

गृह जिल्ला लमजुङमा लोकप्रिय गायक राजु परियार सम्मानित

इच्छाकामना न्युज

९, मंसिर २०७८
गृह जिल्ला लमजुङमा लोकप्रिय गायक राजु परियार सम्मानित
images

लमजुङ, ९ मंसिर । नेपाली लोक दोहोरी क्षेत्रका लोकप्रिय गायक राजु परियारलाई गृह जिल्ला लमजुङमा सम्मान गरिएको छ । परियारलाई लमजुङ गाउँशहर समाजले अभिनन्दनसहित सम्मान गरेको हो । 

images
images

लोकदोहोरीको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै परियारलाई सम्मान गरिएको लमजुङ गाउँशहर समाजका संयोजक एवं सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले बताए ।

परियारलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ र लमजुङ गाउँशहर समाजका संयोजक थापाले सम्मान गरेका हुन् ।

गायक राजु परियारसँगै उपकुलपति गुरुङ, त्रिभुवन विश्वविद्यालय इतिहास विभागका विभाग प्रमुख डा. बमबहादुर अधिकारी र गाउँशहरका ज्येष्ठ नागरिक  १ सय ४ वर्षीय रामबहादुर मालुवालाई अभिनन्दन गरिएको सशस्त्र प्रहरीका पूर्व एआइजी एवं लमजुङ गाउँशहर समाजका सदस्य रोहित थापाले बताए ।

images
प्रकाशित मिति :मंसिर ९, २०७८ बिहिवार - २०:२३:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology