Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

उधारोमा उखु, ऋणमा थिचिंदै तर्राका उखु किसान

उधारोमा उखु, ऋणमा थिचिंदै तर्राका उखु किसान

सिआईएन

२, मंसिर २०७७
उधारोमा उखु, ऋणमा थिचिंदै तर्राका उखु किसान

स्नेहा कर्ण
काठमाडौं, २ मंसिर । तराई मधेशका किसानहरुले लगाउने नगदे बालीमध्येको एक प्रमुख बाली हो, उखु। घर खर्च धान्न र कृषि पेशालाई संरक्षण गर्न किसानहरु उखु लगाएर चिनी मिललाई बेच्छन्। तर, मिलले लाखौं रुपैया भुक्तानि नगरिदिँदा उखु किसानहरु वर्षौदेखि ऋणको भारी बोकेर हिडिरहेका छन्। हरेक उखु किसानसँग गुुलियो उखुको तितो कथा छ । 
सर्लाहीका राम आधार रायलाई उखु खेती गरेपछि भएको ऋण तिरौंला, छोरा छोरीलाई पढाउँला, व्यवस्थित जीवनमा सुखको हिस्सा जोडिएला भन्ने आशा थियो। तर भइदियो उल्टो। उखु खेती पनि गरियो, मिललाई बेचेर पैसा आउने हिसाब किताब पनि भयो। ऋणको भारीले भने झन झन थिच्यो। समयमै उखुको भुक्तानी नपाएकै कारण उखु खेतिका लागि साहुसँग ऋण सापटि गरेर उखु लगाइन्छ। एक पटक उखु लगाएपछि तीन वर्षलाई काम लाग्छ। तर, चिनी मिलमा उखु बेचेपनि भुक्तानी भने कहिल्यै समयमै नहुँदा त्यो ऋण तिर्न पाइंदैन। ब्याजमा ब्याज जोडिएर उल्टो थपिन्छ। आफ्नै पैसा नपाएर दैनिकी चलाउनै मुश्किल भएको उखु किसानविनोद सिंहले बताउनुभयो। 
नेपालको लगभग सात वटै प्रदेशमा उखु खेती हुन्छ। तर, सबैभन्दा धेरै प्रदेश २ का आठ वटा जिल्लामा उखु खेती हुन्छ। एक जना किसानले मात्रै २० देखि २५ विगाहा क्षेत्रफलमा उखु खेती गर्छन्। नेपालमा कूल खेतीयोग्य जमीनमध्ये करिब ८१ हजार हेक्टर जमिनमा उखु खेती हुने गरेको सरकारी तथ्यांक छ। तर, गुलियो उखुले किसानलाई सँधै तितो पीडा दिने गरेको उखु किसान राम दयाल राय बताउनुहुन्छ। 
विश्वमा उखु उत्पादन गर्ने राष्ट्रमध्ये ३३ औँ स्थानमा नेपाल रहेको छ तर यस्तो अवस्थामा पनि उखु खेती फस्टाउन सकेको छैन। कारण, उखु किसानले भुक्तानी नपाएको भन्दै वर्षेनी उत्पादन घटाउँदै लगेका छन्। अब ऋणको भारी बोक्न नसकेर थिचिनमात्रै बाँकी रहेको महोत्तरीका उखु किसान रामसागर महतोको पीडा छ। किसानभित्र पनि पहुँच भएका र राजनीतिक दलमा आवद्ध भएकाहरुले आन्दोलन गरेर, केन्द्रमा आएर उद्योगीहरुलाई धम्क्याएर भएपनि पैसा लिन्छन्। तर, पहुँच नभएकाहरु सँधै पीडाको पीडामै छन्। 

images

images
प्रकाशित मिति :मंसिर २, २०७७ मंगलवार - ०९:५५:१३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology