Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमाले केन्द्रिय सदस्यमा महिला नेतृ विजया धितालको उम्मेदवारी घोषणा 

एमाले केन्द्रिय सदस्यमा महिला नेतृ विजया धितालको उम्मेदवारी घोषणा 

इच्छाकामना न्युज

६, मंसिर २०७८
एमाले केन्द्रिय सदस्यमा महिला नेतृ विजया धितालको उम्मेदवारी घोषणा 
images

बाँके, ६ मंसिर । नेकपा एमालेको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा बाँकेबाट महिला नेतृ विजया धितालले केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छिन ।

images
images

विद्यार्थी राजनीति हुँदै नेकपा एमालेको राजनीतिमा क्रियाशिल महिला नेतृ विजया धितालले आसन्न १०औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्न गरेकी हुन । 

'महिला पनि क्षमतावान छन । महिला भन्ने बित्तिकै क्षमता छैन भन्ने मान्छेको बुझाईलाई चिर्न बाँकेबाट मेरो उम्मेदवारी हो ।' - उनले भनिन 'क्षमता भएका महिलालाई पार्टीले उदारता देखाउनु पर्छ, उचित जिम्मेवारी दिनुपर्छ । महिलाको क्षमता र योग्यताको आधारमा अवसर दिएर व्यक्तित्व बिकास गर्दै राजनीतिको नेतृत्वमा ल्याउन जरुरी छ ।' 

धिताल नेकपा एमालेको लुम्विनी प्रदेश कमिटीको सदस्य समेत हुन । करिब डेश दशक नेकपा एमाले बाँके जिल्ला कमिटीको सदस्यको रुपमा कार्यरत धितालले २०७० सालको संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका तत्कालिन सभापति सुशिल कोइरालासँग प्रतिष्पर्धा गरेकी थिइन ।

धिताल एमालेको ९औं महाधिवेशनमा समेत केन्द्रीय सदस्यका प्रबल दाबेदार रहेकी थिइन । तत्कालिन अवस्थामा केपी ओली पक्षमा क्रियाशिल धिताललाई माधव नेपाल पक्षबाट केन्द्रीय सदस्य उम्मेदवार बन्न आग्रह गरिएपनि उनले अस्वीकार गरेकी थिइन । 

धितालले सम्पुर्ण मतदाताहरुलाई आफ्नो अमुल्य मत दिएर आफुलाई बिजयी गराउन अनुरोध गरेकी छिन ।

धितालले सम्पुर्ण मतदाताहरुलाई आफ्नो अमुल्य मत दिएर आफुलाई बिजयी गराउन अनुरोध गरेकी छिन ।

images
प्रकाशित मिति :मंसिर ६, २०७८ सोमवार - २०:२१:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology