Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

ए डिभिजन लिग : सुनिलको दुई गोलमा मछिन्द्र विजयी

ए डिभिजन लिग : सुनिलको दुई गोलमा मछिन्द्र विजयी

images

इच्छाकामना न्युज

६, मंसिर २०७८
ए डिभिजन लिग : सुनिलको दुई गोलमा मछिन्द्र विजयी
images

काठमाडौं, ६ मंसिर । सुनिल बलको दुई गोल मद्दतमा साबिक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक 'ए' डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा मछिन्द्रले एनआरटीलाई २-१ ले पराजित गर्दै महत्त्वपूर्ण तिन अंक जोडेको हो ।

मछिन्द्रका लागि सुनिलले खेलको १२औ मिनेट र खेल सकिन १० मिनेट अघि गोल गरे । एनआरटीका लागि खेलको ५३ मिनेटमा एरिक विष्टले  फ्रिकिकमा एक गोल गरे ।

खेलको १२ मिनेटमै सुनिल बलले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । सुनिलले विशाल राईको पासमा पेनाल्टी बक्स भित्रबाट सेकेण्ड बारमा गोल गरेका थिए ।

दोस्रो हाफमा एनआरटीले बराबरी गोल फर्कायो । ५३औं मिनेटमा एनआरटीका एरिक विष्टले करिब ३० यार्डबाट फ्रिकिकमा उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे ।

८०औं  मिनेटमा सुनिल बलले कप्तान सुजल श्रेष्ठको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि मछिन्द्रले २-१ को अग्रता बनायो ।

यस खेलसँगै पहिलो पटक विकेण्डमा आयोजना भएको लिगमा पहिलो चरणको खेल सकिएको छ । अब तीन दिनको विश्रामपछि आगामी शुक्रबारदेखि दोस्रो चरणका खेलहरू सुरु हुनेछ ।

खेलको म्यान अफ दि म्याच दुई गोल गरेका सुनिल बल घोषित भए । आज नै भएको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाढे ।

images
प्रकाशित मिति :मंसिर ६, २०७८ सोमवार - १९:०८:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology