Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको भानुमा कटेजमा कौडा खेल्दै गरेका १५ जना जुवाडे ४ लाख रकम सहित समातिए

तनहुँको भानुमा कटेजमा कौडा खेल्दै गरेका १५ जना जुवाडे ४ लाख रकम सहित समातिए

इच्छाकामना न्युज

३०, कार्तिक २०७७
तनहुँको भानुमा कटेजमा कौडा खेल्दै गरेका १५ जना जुवाडे ४ लाख रकम सहित समातिए
images

भानु, ३० कार्तिक ।तनहुँ प्रहरीले भानु १२ मिर्लुङ कवाचितबाट कौडा खेलिरहेका १५ जनालाई समातेको छ । स्थानीय उमेश अधिकारीको बारीमा रहेको कटेजमा जाुवा खेलिरहेका ती व्यक्तिलाई शनिबार राती पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिल्सिनाले जानकारी दिए ।

images
images


ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेबाट प्रहरी निरिक्षक प्रकाश भुषालको कमाण्डमा गएको नौजना प्रहरीको टोलीले कौडा खेल्दै गरेका सन्तोष खडका, बलराम अधिकारी, उत्तम पण्डित, अमृत श्रेष्ठ, खड्गबहादुर गुरुङ, चन्द्रबहादुर शाही,सुमन खनाल, रामु मल्ल, हरी खड्का, राम गुरुङ, आसकुमार श्रेष्ठ रामलाल गुरुङ, विष्णुबहादुर भण्डारी,शिवकुमार श्रेष्ठ र पुरन गुरुङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


उनीहरुबाट नगद पौने चार लाख रुपैयाँसहित कौडा र एक थान सुनको जस्तो देखिने औंठी बरामद गरिएको पनि प्रहरीले जनाएको छ । चाडबाड लागेसँगै कौडा तथा जुवातास खेलाउने क्रम वृद्धि भएको छ । दमौली तथा आसपासका क्षेत्रमा पनि जुवातास र कौडा सामुहिक रुपमा खेलाउने काम बढेको गुनासो सुनिएको छ ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७७ आइतवार - १७:४३:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology