Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मनकामना आउने दर्शनार्थी दैनिक बढ्दै, शनिबार मात्र ९ हजार बढीले गरे मनकामना मन्दिर दर्शन

मनकामना आउने दर्शनार्थी दैनिक बढ्दै, शनिबार मात्र ९ हजार बढीले गरे मनकामना मन्दिर दर्शन

शनिबार ६ हजार ७ जनाले केबलकार चढेर मनकामना दर्शन गरे

images

रासस

५, मंसिर २०७८
मनकामना आउने दर्शनार्थी दैनिक बढ्दै, शनिबार मात्र ९ हजार बढीले गरे मनकामना मन्दिर दर्शन
images

कुरिनटार ५ मंसिर । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण लामो समय सम्म बन्द भई गत भदौ २३ खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएको हो ।

हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो शनिबार एकै दिन ९ हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।

यसैबीच शनिबार मात्र ६ हजार भन्दा बढी दर्शनार्थी मनकामना केबलकार चढेर मनकामना दर्शन गर्न पुगेका छन् । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले शनिबार एकै दिन ६ हजार ७०० ले केबलकार चढेको बताउनुभयो । उहाँका अनुसार कोरोना महामारीका कारण बन्द भएपछि सञ्चालनमा आएको केबलकार एकै दिन ६ हजार ७०० जनाले चढेको पहिलोपटक हो ।

कोरोना महामारी अघि दैनिक चार हजार ५०० भन्दा बढी दर्शनार्थी केबलकार चढेर मनकामना मन्दिर पुग्ने गर्दथे । सार्वजनिक बिदा र शनिबारका दिन भने सो भन्दा बढी संख्यामा दर्शनार्थीहरु केबलकार चढेर मनकामना मन्दिर पुग्ने गरेको नायब महाप्रबन्धक शेरचनले बताउनुभयो ।

मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालनमा रहेको मनकामना केलबकारको प्रदेशद्वार बटम स्टेशन चितवनको इच्छाकामना–४ चेरेसमा रहेको छ । केबलकारबाहेक मोटरबाटो र पैदलमार्फत पनि दर्शनार्थी मन्दिर पुग्ने गर्दछन् ।

images
प्रकाशित मिति :मंसिर ५, २०७८ आइतवार - ०८:४५:१६ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology