Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

रुपन्देहीमा मतगणना स्थलमै आक्रमण : पाँच जना घाइते, उम्मेदवारकाे नाककाे डाँडी भाँचियाे

रुपन्देहीमा मतगणना स्थलमै आक्रमण : पाँच जना घाइते, उम्मेदवारकाे नाककाे डाँडी भाँचियाे

images

न्युज कारखाना

४, मंसिर २०७८
रुपन्देहीमा मतगणना स्थलमै आक्रमण : पाँच जना घाइते, उम्मेदवारकाे नाककाे डाँडी भाँचियाे
images

बुटवल, ४ मंसिर । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही ३ (क) को मतगणना स्थलमा विवाद चर्किएपछि क्षेत्रीय सचिव पदका उम्मेदवारमाथि कुटपिट भएको छ । 

मतगणना स्थलमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीच विवाद हुँदा झडप भएको थियो । 

घटना हुँदा कम्तिमा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका सैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। पन्त क्षेत्रीय सचिवका उम्मेदवार हुन्। पन्तको नाकमा गहिराे चाेटसहित नाकको डाँडी भाँचिएको छ ।

घाइते अन्यको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ। आक्रमण भएपछि मतगणाना स्थगित भएको ।

images
प्रकाशित मिति :मंसिर ४, २०७८ शनिवार - १०:३५:२७ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology