Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँमा एमालेका १३ महाधिवेशन प्रतिनिधि चयन

तनहुँमा एमालेका १३ महाधिवेशन प्रतिनिधि चयन

न्युज कारखाना

२७, कार्तिक २०७८
तनहुँमा एमालेका १३ महाधिवेशन प्रतिनिधि चयन
images

तनहुँ, २७ कात्तिक । नेकपा एमालेको १०औं महाधिवेशनका लागि तनहुँमा प्रतिनिधि चयन गरिएको छ । शनिबार सर्वसम्मत प्रतिनिधि चयन गरिएको निर्वाचन अधिकृत शिवदत्त ढकालले जानकारी दिए । उनका अनुसार महिला, दलितसहित १३ जना प्रतिनिधि चयन गरिएको हो ।  प्रतिनिधि बन्न ४३ जनाको उम्मेदवारी परेको थियो ।

images
images

तनहुँमा दुई निर्वाचन क्षेत्र छन् । क्षेत्र नम्बर १ बाट पाँच जना र २ बाट आठ जना प्रतिनिधि चयन भएका छन् । राष्ट्रियसभा सदस्यदेखि प्रतिनिधिसभा सदस्य, उपमेयरसम्म महाधिवेशन प्रतिनिधि बनेका हुन् ।

तनहुँ क्षेत्र नम्बर १ मा खुलातर्फ इन्द्रबहादुर कुँवर, हरिराज कडेल, बाबुराम अधिकारी, कलावती ढकाल चयन भएका छन् । महिलातर्फ राष्ट्रियसभा सदस्य भगवती न्यौपाने चयन भएकी छन् ।

क्षेत्र नम्बर २ मा खुलातर्फ प्रतिनिधिसभा सदस्य एवं जिल्ला अध्यक्ष केदार सिग्देल, रामचन्द्र उपाध्याय, धर्मराज खनाल, विष्णुभक्त सिग्देल, श्रीप्रसाद श्रेष्ठ चयन भएका छन् । महिलातर्फ शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाइली र राधा महत चुनिएका छन् ।

दलिततर्फ बाबुराम सुनार चयन भएका छन् । उनी पनि क्षेत्र नम्बर २ कै हुन् । तीन गुणा बढीले महाधिवेशन प्रतिनिधि बन्ने चाहना राख्दा सर्वसम्मत चयन गर्नलाई बढो सकस परेको थियो । प्रतिनिधि चयन गर्न क्षेत्र नम्बर १ मा एकबहादुर रानाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल नै बनाइएको थियो ।

images
प्रकाशित मिति :कार्तिक २७, २०७८ शनिवार - २१:३६:३६ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology