आँबुखैरेनी, २३ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी एमालेको गण्डकी प्रदेश कमिटि सदस्यमा तनहुँ आँबुखैरेनी गाउँपालिकाका उपेन्द्र देवकोटा मनोनित भएका छन्। एमालेको गण्डकी प्रदेश कमिटिको आज बसेको बैठकले देवकोटालाई प्रदेश कमिटि सदस्यमा मनोनित गरेको हो।
देवकोटासँगै तनहुँका २० जना प्रदेश कमिटीमा मनोनित भएका छन् । मनोनित हुने अन्यमा रामचन्द्र उपाध्याय, हरि पाण्डे, देवीबहादुर बस्नेत, देवु विष्ट, कृष्णराज ढकाल, श्यामराज महत, विश्वबन्धु भण्डारी, सूर्यबहादुर गुरुङ, धर्मराज खनाल, इन्द्रबहादुर कुंवर, रामबहादुर गुरुङ, हर्क गुरुङ,समिम मियाँ, उत्तमप्रकाश पण्डित, सीताराम बजागाई, होम थापा, मोहम्मद सफिक मियाँ, खिलबहादुर राना र उमाकुमारी हमाल रहेका छन् ।
यस्तै, प्रदेश संगठन कमिटी सचिवालयमा केदार सिग्देल, नारायण खनाल,भक्त राईली मनोनित गरिएको छ।