Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेकपा एमालेको स्थानीयदेखि केन्द्रसम्म ३३ प्रतिशत महिला सुनिश्चित, संविधानको प्रावधान लागु गर्ने पहिलो दल बन्यो

नेकपा एमालेको स्थानीयदेखि केन्द्रसम्म ३३ प्रतिशत महिला सुनिश्चित, संविधानको प्रावधान लागु गर्ने पहिलो दल बन्यो

इच्छाकामना न्युज

२१, कार्तिक २०७८
नेकपा एमालेको स्थानीयदेखि केन्द्रसम्म ३३ प्रतिशत महिला सुनिश्चित, संविधानको प्रावधान लागु गर्ने पहिलो दल बन्यो
images

काठमाडौं, २१ कार्तिक  । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीमा समावेशी प्रतिनिधित्वको सुनिश्चित गरेको छ । एमालेले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेको हो ।

images
images

एमालेको गत असोज १५ देखि १७ गतेसम्म ललितपुरमा सम्पन्न प्रथम विधान महाधिवेशनबाट संशोधित विधानबमोजिम सबै तहका कमिटीका पदाधिकारीमा एक महिला र कार्यसमितिमा एकतिहाइ महिलाको प्रतिनिधित्व गराउन थालिएको हो।

पार्टीले आशन्न दसौं राष्ट्रिय महाधिवेशनका लागि एकतिहाइ महिला प्रतिनिधि र केन्द्रीय कमिटीमा सोही अनुपातमा अनिवार्य प्रतिनिधित्व गराउने सुनिश्चित गरेको छ।

एमालेले यही कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशनका लागि मिति तय गरेकोमा धेरैजसोमा नयाँ नेतृत्व चयन हुँदा विधानको उक्त व्यवस्था कार्यान्वयन भएको छ। बाँकी रहेका अधिवेशन यही कात्तिक २५ गतेभित्र सम्पन्न गरिसक्ने तयारी छ भने दसौं महाधिवेशन आगामी मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदै छ।

नेपालको संविधानले राज्यका हरेक संरचनामा न्यूनतम एकतिहाइ महिलाको प्रतिनित्वि सुनिश्चित गरेपछि राजनीतिक दलको विधानमा व्यवस्था गरी यसको कार्यान्वयन गर्नेमा सम्भवतः एमाले पहिलो पार्टी बन्दै छ। एमालेका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले राज्यका सबै तहमा ३३ प्रतिशत अनिवार्य महिलाको व्यवस्था विश्वका ठूला र विकसित भनिएका संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायतजस्ता मुलुकमा पनि प्रबन्ध नभएको स्मरण गराए ।

images
प्रकाशित मिति :कार्तिक २१, २०७८ आइतवार - ०७:४६:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology