Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

साँझ ७ बजेपछि गोरखामा मदिरा बिक्री गर्न रोक

साँझ ७ बजेपछि गोरखामा मदिरा बिक्री गर्न रोक

इच्छाकामना न्युज

२९, कार्तिक २०७७
साँझ ७ बजेपछि गोरखामा मदिरा बिक्री गर्न रोक
images

गोरखा, २९ कार्तिक । जिल्लामा चाडबाडका बेलामा साँझ ७ बजेपछि मदिरा बिक्री गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले चाडबाडका बेला मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने तथा शान्तिसुरक्षामा खलल पु¥याउन सक्ने भएकाले बिक्री वितरण कडाइ गरेको हो ।

images
images

निमित्त प्रजिअ देवी पाण्डे खत्रीले चाडबाडका बेला जथाभावी मदिराजन्य पदार्थ सेवन गर्नेहरु बढी हुने भएकाले सतर्कता अपनाउन यस्तो निर्णय गरिएको बताए । प्रशासनले कोही कसैले पनि घरेलु अवैध तथा घरेलु मदिरा उत्पादन, भण्डारण, बेचबिखन तथा प्रयोग नगर्न पनि भनेको छ ।

त्यस्तै कार्यालयले चाडपर्वका बेला मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने, सार्वजनिक शान्ति भङ्ग गर्ने, जुवातास खेल्ने, पटका आतसबाजी तथा भुइँचम्पा पड्काउने जस्ता कार्य नगर्न÷नगराउन पनि आग्रह गरेको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बद्दै गएकाले चाडबाड मनाउँदा स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालन गर्न उहाँले सबैलाई अपिलसमेत गरेका छन ।

images
प्रकाशित मिति :कार्तिक २९, २०७७ शनिवार - १९:३५:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology