Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको दमौलीमा घर घरबाट पैसा उठाएर बत्ती राख्दा टोलै झिलीमिली

तनहुँको दमौलीमा घर घरबाट पैसा उठाएर बत्ती राख्दा टोलै झिलीमिली

इच्छाकामना न्युज

२९, कार्तिक २०७७
तनहुँको दमौलीमा घर घरबाट पैसा उठाएर बत्ती राख्दा टोलै झिलीमिली
images

 दमौली, २९ कार्तिक । तिहार पर्व उज्यालो र रंगहरुको चाड हो । यस अवसरमा नेपाल मात्र नभएर विदेशमा पनि रंगिचंगि र उज्यालो झिलीमिली गरेर मनाइन्छ । यस चाडका क्रममा घर घरमा बत्ती बाल्नु त सामान्य नै हो ।

images
images


तर दमौलीको एक टोलमा भने टोलैभर एकै किसिमको झिलीभिली बत्ती बालिएको छ । दमौली टोलले जडान गरेको बत्तीका लागि हरेक घरधुरीबाट १५ सयका दरले शुल्क उठाइएको छ ।

टोलभर तिहारको माहोल तयार पार्नका लागि यस्तो गरिएको टोलका अध्यक्ष हबिब खानले बताए । टोलमा राखिएको बत्तीका कारण फोटो र भिडियो खिच्नेहरुको संख्या बढेको उनले बताए ।

‘अन्तबाट पनि फोटो र भिडियो खिच्न आउने बढेका छन्,’ उनले भने,‘बेग्लै रौनक देखिएको छ ।’
यसरी जडान गरिएको बत्तीका लागि करिब एक लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । टोलमा ३२ घरधुरी छन् ।


दमौलीका अन्य टोलका तुलनामा कालिका मार्ग नजिकैको सो टोलमा तिहारको बेग्लै रौनक देखिएको छ । व्यास २ का वडाध्यक्ष काशिराम श्रेष्ठले टोलबासीले देखाएको सक्रियताले बेग्लै रौनक देखिएको बताए । ‘टोल नै बेग्लै देखिएको छ,’ उनले भने,‘अरु टोलले पनि यसैगरी मिलेर काम गर्दा रुपै फरक देखिन्छ ।’

images
प्रकाशित मिति :कार्तिक २९, २०७७ शनिवार - १९:२४:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology