आँबुखैरेनी, ६ कार्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिकाको सबै वडामा नेकपा एमालेले सर्वसम्मत रुपमा वडाकमिटि गठन गरेको छ। एमालेले देशभरका सबै वडामा आज वडा कमिटिको अधिवेशन गर्ने कार्यक्रम अन्तरगत आँबुखैरेनी गाउँपालिकामा पनि वडाकमिटि गठन गरेको हो।

वडा अधिवेशन अन्तरगत आँबुखैरेनी गाउँपालिकाको वडा नं. १ को वडाकमिटि अध्यक्षमा बद्री शर्मा, वडा नं. २ को अध्यक्षमा सम्झना वि. क., वडा नं. ३ को अध्यक्षमा राजाराम के.सी., वडा नं. ४ को अध्यक्षमा भिम बहादुर थापा, वडा नं. ५ को अध्यक्षमा सन्तोष थापा र वडा नं. ६ को अध्यक्षमा जुम बहादुर थापा निर्वाचित भएको नेकपा एमाले आँबुखैरेनीका अध्यक्ष मिना अधिकारीले जानकारी दिए।

अध्यक्ष अधिकारीका अनुसार सबै वडामा सर्वसम्मत तरिकाले नेतृत्व चयन भएको हो।