बुंकोट, ५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखा शहिद लखन गाउँ कमिटि वडा न ७ को अध्यक्षमा अर्जुन श्रेष्ठ निर्वाचित भएको छ। बुङकोटमा बिहिबार भएको प्रथम वडा अधिबेशन बाट वडा कमिटि अध्यक्षमा श्रेष्ठ निर्वाचित भएको हो।
वडाकमिटिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा कमला श्रेष्ठ, सचिवमा ज्ञाम बहादुर बि.क., सदस्यहरुमा तेज ब. श्रेष्ठ, बोल कुमार श्रेष्ठ, सुजन परिवार, कृष्ण श्रेष्ठ, गुमन सिं राना, सिजन लम्साल, बिष्णु भण्डारी, भिम ब. श्रेष्ठ (इश्वर), रत्न कुमार श्रेष्ठ, राधा श्रेष्ठ, कल्याण कुमार श्रेष्ठ, तिलक ब. रम्तेल, डिला श्रेष्ठ (थापा), बिभा थापा मगर (श्रेष्ठ) र मन्जु बि. क. निर्वाचित भएका छन्।