Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपाल वाल संगठन तनहुँको पदस्थापना, अध्यक्षमा कैनी

नेपाल वाल संगठन तनहुँको पदस्थापना, अध्यक्षमा कैनी

बि.बि. श्रेष्ठ

२९, कार्तिक २०७७
नेपाल वाल संगठन तनहुँको पदस्थापना, अध्यक्षमा कैनी
images

तनहुँ, २९ कार्तिक । नेपाल वाल संगठन तनहुँको पदस्थापना, कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नेपाल वाल संगठन तनहुँको अध्यक्षमा समाजसेवी तथा प्राज्ञिक व्यक्तित्व डम्वरदेव कैनीलाई मनोनित गरेको हो । नेपाल सरकारले अध्यक्षमा मनोनयन गरेको डम्वरदेव कैनीलाई वाल संगठन तनहुँको कार्यलयमा एक समारोहका वीच पदस्थापन गरेको हो  ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यको सभापतित्वमा सम्पन्न भएको पदस्थापन कार्यक्रमको प्रमुख अतिथी प्रतिनिधिसभाका सदस्य केदार सिग्देल रहनुभएको थियो । पदस्थापन गराउनुहुदै प्रमुख अतिथी सिग्देलले जिल्लाले वालवालिकाका हकहितमा काम गर्ने सवल नेतृत्व पाएको हुदाँ जिम्मेवारका साथ काम गर्नका लागी आग्रह गर्नुभएको थियो । विगत देखि नै वालवालिकाका क्षेत्रमा शैक्षिक तहवाट भुमिका वहन गर्दे आउनुभएको नेतृत्व पाएपछि जिल्लाले वालवालिकाको हकहितका लागी काम गर्ने विश्वास गर्नुभएको थियो । 

images
images

124624330_386694976096843_7275049721717276868_n.jpg
यसैगरि नवनियुक्त अध्यक्ष डम्वरदेव कैनीले राज्यले विश्वास गरेर नेतृत्व प्रदान गरेको हुदाँ सवैको साथ र सल्लाह लिएर अगाडी वढ्ने वताउनुभयो । सवैको एकमना एकता र साथ सहयोगले मात्र सफल हुने हुदाँ सवैको साथका लागी आग्रह समेत गर्नुभयो । यसैगरि कार्यक्रमका अध्यक्षता गर्नुभएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले सरकारले आफनो तर्फवाट पुर्ण रुपमा सहयोग गर्ने वताउनुभयो । 
सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत वरालले संचालन गर्नुभएको उक्त कार्यक्रममा व्यास नगरपालिकाका कार्यकारी अधिकृत डिल्लिराज सिग्देल, जिल्ला समन्वय अधिकारी प्रेमराज गिरी, भुमि सम्वन्धि आयोगका केन्द्रिय सदस्य एकवहादुर राना, नेकपा तनहुँका सचिव राजेन्द्रकेशरी न्यौपाने, प्रदेश सदस्य अतिन्द्र केशरी न्यापाने, नेकपा जिल्ला सचिवालय सदस्य श्रीप्रसाद श्रेष्ठ, पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य लगायतका उपस्थिती रहेको थियो । 

images
प्रकाशित मिति :कार्तिक २९, २०७७ शनिवार - ११:३१:२९ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology