Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेकपा एमालेको दशौं महाधिवेशन चितवनमा हुने

नेकपा एमालेको दशौं महाधिवेशन चितवनमा हुने

इच्छाकामना न्युज

४, कार्तिक २०७८
नेकपा एमालेको दशौं महाधिवेशन चितवनमा हुने
images

चितवन, ४ कात्तिक । नेकपा (एमाले) को १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो । यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय स्थायी कमिटी बैठकबाट भएको एमाले प्रवक्ता प्रदीप ज्ञवाली जानकारी दिनुभयो ।

images
images

महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरिएको छ । प्रवक्ता ज्ञवालीका अनुसार चितवनलाई नै कार्यथलो बनाएका पूर्व माओवादी पृष्ठभूमिका नेता बादलको संयोजकत्वमा गठित मूल व्यवस्थापन समितिमा चितवनकै नेताहरु धेरै समेटिएका छन् ।

समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, राजन भट्टराई, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल छन् ।

त्यस्तै सातवटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट समेत एक–एकजना रहनेगरि मूल व्यवस्थापन समिति गठन भएको ज्ञवालीले जानकारी दिनुभयो । माओवादी अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा महाधिवेशन गर्न एमालेले बादलको संयोजकत्वमा समिति गठन गर्नुलाई अर्थपूर्ण रुपमा लिइएका छ । अर्को बैठक शुक्रबार दिउँसो २ बजे फेरि बस्ने भएको छ ।

images
प्रकाशित मिति :कार्तिक ४, २०७८ बिहिवार - २२:२८:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology