देवघाट, ४ कार्तिक । तनहुँको देवघाट गाउँपालिकामा एक महिलाको शव झुन्डिएर मृत्यु भएको अवस्थामा फेला परेको छ। देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित पिपलटारमा बसोबास गर्दै आएकी मैनकला क्षेत्रीको घरको आडमै जोडिएर रहेको बाख्राको खोरको एक छेउमा दशैमा आफ्नो सानी छोरीको लागि बनाइदिएको नाइलनको पिङ्गमा झुन्डिएको अवस्थामा बुधबार मृत फेला पारेको स्थानीयले बताए।
डोरीमा झुण्डिएको अवस्थामा भेटिए पनि उनको शरिर भने भुइमा पलेटी कसेर बसेको अवस्था देखिएकोले उनको मृत्यु शंकास्पद भएको भन्दै माइतीपक्ष र स्थानीयले सत्यतथ्य छानबिनको माग गर्दै प्रदर्शन गरेको छ। मृतक क्षेत्रीको घरमा कयौं पटक कुटपिट, यातना, झगडा गरेर पटकपटक चौकीमा लादा समेत दानवको जस्तो व्यवहार गर्ने, माइतीबाट सधैं यस्तै यातना दिन्छ भने छोटपत्र गर भन्दा हामी मिलेर बस्छौँ भन्ने गरेकी माइती पक्षले बताए।
मृतक मैनकला क्षेत्रीको श्रीमान श्रीकुमार चौधरी श्रीमतीसँगै ससुरालमा बसोबास गर्दै आएका थिए । पछि उनिहरू दुईबिच मनमुटाव भएर श्रीमान बजारतिरै वास हुने गथ्र्यो। कहिले बाटोको ठेक्का काम गर्दै हिडिरहेको हुन्थ्यो र कतै श्रीमानले फेरि पनि अर्कै कान्छी श्रीमति ल्याएको हल्ला सुनिरहन्थ्यो र पनि उनी घरमै बसिरहने कुरा स्थानियले बताए । मृतकको श्रीमानले ३ वटा विवाह गरेकोमा मैनकला क्षेत्री भने माहिली श्रीमती हुन् ।
मृतक क्षेत्रीकि ६ वर्षीय नावालक छोरी कसिस चौधरीले मेरो ममि त झुन्डिएर चैट भयो भन्दै नजिकै रहेको छिमेकीको घरमा गएर बताएकी रहिछन्।
मृतकको माइतीपक्षले मृत्युु रहस्यमय रहेको बताउदैँ मृत्युु हुने त भैसक्यो अब रहेको सानी नावालक छोरीको लागि न्याय दिलाइदिनु पर्यो भन्दै आवेशमा आएका थिए ।
देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित रहेको पिपलटारमा बुधबार सो घटना घटेको इलाका प्रहरी कार्यलय देवघाटका प्रमुख सुशील लामिछानेले बताए । मृतकको शव आज पोस्टमार्टमको लागि पठाएको उनले जानकारी दिए।