Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

संघिय सांसद किसान श्रेष्ठको विषेश पहलमा भानुमा नगरस्तरिय औधोगिक ग्राम वन्ने

संघिय सांसद किसान श्रेष्ठको विषेश पहलमा भानुमा नगरस्तरिय औधोगिक ग्राम वन्ने

बि.बि. श्रेष्ठ

२८, कार्तिक २०७७
संघिय सांसद किसान श्रेष्ठको विषेश पहलमा भानुमा नगरस्तरिय औधोगिक ग्राम वन्ने
images

तनहुँ, २८ कार्तिक । प्रतिनिधीसभाका सदस्य तथा माननीय सासंद कृष्ण कुमार श्रेष्ठको विषेश पहलमा तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं ३, खहरेमा  नगरपालिका स्तरिय औधोगिक ग्राम वन्ने भएको छ । भानु नगरपालिका वडा नं ३ खहरेपछाडी रहेको ४७ रोपनी क्षेत्रफलमा नगरस्तरिय औधोगिक ग्राम वनाउनका लागी यहि कार्तिक २७ गतेको मन्त्रिपरिषदको वैठकवाट १ करोड रुपैया वजेट विनियोजन गरिएको हो । 
नगपालिकामा मा वसोवास गर्ने कृषकहरुले उत्पादन गर्ने स्थानिय उत्पादनहरु धान, मकै, कुखुरा वाख्रा लगायत उत्पादन सँग जोडिएको वस्तुहरुको वजारीकरणका लागी औधोगिक ग्राम स्थापना गर्न लागिएको हो । कृषक र उपभोक्ताका वीचमा उत्पादन वस्तु खरिद विक्रीका लागी औधोगिक ग्रामले महत्वपुर्ण भुमिका खेल्ने विश्वास गरिएको छ । 
आर्थिक वर्ष ०७७।०७८ को वजेट वाट खर्च हुने गरि हालका लागी १ करोड वजेट विनियोजन गरिएको र आवश्यकता अनुसार यो वजेट थप निकासा हुने सासंद किसान श्रेष्ठले जानकारी दिनुभयो । कृषकद्धारा उत्पादित वस्तुकोे  विक्रीका लागी सहज वातावरण वनाउने र खरिद गर्ने उपभोक्ताले पनि एकैठाँउवाट समान खरिद गर्ने भएमा कृषकले पनि वजारीकरणका लागी समस्या नहुने सासंद श्रेष्ठले जानकारी दिनुभयो । यसअघि पनि तनहुँको वन्दिपुर गाँउपालिका र आवुखैेरेनी गाँउपालिकामा पनि गाँउस्तरिय औधोगिक ग्रामको काम शुरु भईसकेको छ । 

images
images

images
प्रकाशित मिति :कार्तिक २८, २०७७ शुक्रवार - १८:३५:३५ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology