Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

तनहुँ आँबुखैरेनीका कवि एवम् निबन्धकार अनिल श्रेष्ठको कृति ‘टाइगर हिलकी पुनम’को परिचर्चा

तनहुँ आँबुखैरेनीका कवि एवम् निबन्धकार अनिल श्रेष्ठको कृति ‘टाइगर हिलकी पुनम’को परिचर्चा

इच्छाकामना न्युज

२३, आश्विन २०७८
तनहुँ आँबुखैरेनीका कवि एवम् निबन्धकार अनिल श्रेष्ठको कृति ‘टाइगर हिलकी पुनम’को परिचर्चा
images

काठमाडौं, २३ असोज । कवि एवम् निबन्धकार अनिल श्रेष्ठको निबन्धकृति टाइगर हिलकी पुनमको तेस्रो संस्करण प्रकाशित भएको अवसर पारेर आज यहाँ एक परिचर्चा कार्यक्रमको आयोजना गरियो । पुस्तक विवेक सिर्जनशील प्रकाशन प्रा.लि.ले प्रकाशित गरेको हो । 

images
images

बालवाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रममा समीक्षक एवम् स्रष्टाहरूले श्रेष्ठको निबन्धमा पाइने वैचारिक स्पष्टता, काव्यात्मकता, भाषिक मिठास र मनोरम शैलीका कारण एउटा उचाइ प्राप्त गरिसकेको बताउँदै अब थप उचाइका लागि साधनाको आवश्यकतामा जोड दिनुभयो ।

कार्यक्रममा समालोचक प्रा।डा। रमेशप्रसाद भट्टराईले विश्वमा निबन्ध र यात्रानिबन्धको क्षेत्रमा देखिएको पछिल्लो विकास र प्रवृत्तिको चर्चा गर्दै हामी पनि अब निबन्ध ‘टेबुल गफ’मात्रै हो भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताउनुभयो । उहाँले अनिल श्रेष्ठका निबन्धहरू नेपाली साहित्यको सन्दर्भमा सशक्त भएको धारणा राख्दै तर अझै साधना गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

अर्का समालोचक डा। बिन्दु शर्माले अनिल श्रेष्ठका निबन्धहरूमा देखिने पात्रहरूबारे विस्तारमा उल्लेख नहुँदा पाठकलाई के के नपुगेजस्तो लाग्ने विचार राख्दै आगामी लेखनमा त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । निबन्धकार नवीन विभासले रोल्पामा जनादेश जान थालेपछि आफूले अनिल श्रेष्ठलाई चिनेको बताउँदै उहाँका निबन्धमा स्थानीय रङ पाइन्छ भन्नुभयो । समालोचक तेजविलास अधिकारीले अनिल श्रेष्ठको परिचय र समग्र योगदानबारे चर्चा गर्नुभएको थियो । निबन्धकार अनिल श्रेष्ठले आफ्नो लेखनयात्राबारे प्रकाश पार्दै आलोचनाबाट आफूलाई  खार्न र अघि बढ्न थप ऊर्जा प्राप्त हुनेगरेको उल्लेख गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष, समालोचक प्रमोद प्रधानले अनिल श्रेष्ठलाई चिन्न पुस्तक पढेर मात्र नहुने बताउँदै त्यसबाहिर पनि सूक्ष्म अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा बालवाङ्मय तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष विजयराज आचार्यले स्वागत गर्नुभएको थियो भने कोषाध्यक्ष शान्ति सापकोटाले धन्यवाद दिनुभएको थियो । आयोजक संस्थाका महासचिव अनन्त वाग्लेले संचालन गर्नुभएको उक्त कार्यक्रममा साहित्यकारहरू राधेश्याम लेकाली, युवराज नयाँघरे, डा. धनप्रसाद सुवेदी, विष्णु भण्डारी, डा। बालाकृष्ण अधिकारी, माधव घिमिरे अटल, सिर्जना दुवाल, कमल सुवेदी, राजेन्द्रमान डङ्गोल लगायतको उपस्थिति थियो ।

images
प्रकाशित मिति :आश्विन २३, २०७८ शनिवार - २१:३१:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology