Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

नक्कली सिाआईडी बनेर आँबुखैरेनी–गोरखा सडकमा ट्रक नियन्त्रणमा लिने ६ जना पक्राउ

नक्कली सिाआईडी बनेर आँबुखैरेनी–गोरखा सडकमा ट्रक नियन्त्रणमा लिने ६ जना पक्राउ

images

इच्छाकामना न्युज

११, आश्विन २०७८
नक्कली सिाआईडी बनेर आँबुखैरेनी–गोरखा सडकमा ट्रक नियन्त्रणमा लिने ६ जना पक्राउ
images

गोरखा, ११ असोज । गोरखामा प्रहरीको सिआइडी भन्दै बलजफ्ती मालबाहक ट्रक नियन्त्रणमा लिने ६ जना पक्राउ परेका छन् । गोरखा सदरमुकाम तर्फ आउदै गरेको ना ६ त ४५६ र ना ६ ख ५५०२ नं को मालबाहक ट्रकलाई उनिहरुले बलजफ्ती रोकेर चेकजाँच गरेको, सहचालकको मोबाईल खोसेको र ट्रकमा भएको सामानमा समेत क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गएराती २ बजे गोरखा आँबुखैरेनी सडकखण्डको बाह्रकिलोमा आफुहरु प्रहरीको सिआइडी भन्दै बलजफ्ती ट्रक रोकेर धम्की दिई आतकं मच्चाउने ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सबै गोरखा नगरपालिका वडा नं ११ का रहेका छन् । २० वर्षका निरन्जन तामाङ, २१वर्षका निरज कोइराला, १९ वर्षका सुरज तामाङ, २० वर्षका ओमराज गुरुङ, मनोज तामाङ र रिकेश कुँवरलाई पक्राउ गरिएको डिएसपी प्रकाश दाहालले बताए ।

सार्वजनिक हित विरुद्धको कसुर अन्तरगत जिल्ला प्रशासन कार्यालयमा मद्धा दर्ता गरी उक्त ६ जनालाई अनुसन्धानका लागी १० दिनको म्याद सहित हिरासतमा राखिएको डिएसपि दाहालले बताए ।

images
प्रकाशित मिति :आश्विन ११, २०७८ सोमवार - १९:११:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology