कुरिनटार, ९ असोज । योङ्ग कम्यूनिष्ट लिग नेपाल (वाइसियल) इच्छाकामनाले क्लबलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । शनिबार राइजिङ्ग स्टार यूवा क्लब इच्छाकामना ३ चौतारालाई १२ वटा जर्सी, दुई वटा भलिबल र एक वटा भलिबल नेट सहयोग गरिएको हो ।
वडा नम्बर ३ का वडाध्यक्ष गोवर्धन अधिकारी, नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ, इच्छाकामना सचिवालय सदस्य प्रमोद पोखरेल र वाइसियल इच्छाकामनाका अध्यक्ष झलक गुरुङको उपस्थितिमा उक्त खेलकुद सामाग्री क्लबलाई हस्तान्तरण गरिएको हो ।