Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्ये ल्हु संघ चितवनद्वारा शरणपुरमा जनगणनामा वोन धर्म लेखौ अभियान सम्बन्धि अन्तरक्रिया एवं साँस्कृतिक कार्यक्रम

प्ये ल्हु संघ चितवनद्वारा शरणपुरमा जनगणनामा वोन धर्म लेखौ अभियान सम्बन्धि अन्तरक्रिया एवं साँस्कृतिक कार्यक्रम

इच्छाकामना न्युज

९, आश्विन २०७८
प्ये ल्हु संघ चितवनद्वारा शरणपुरमा जनगणनामा वोन धर्म लेखौ अभियान सम्बन्धि अन्तरक्रिया एवं साँस्कृतिक कार्यक्रम
images

चितवन, ९ असोज । गुरुङहरुको धार्मिक संस्था तमू प्ये ल्हु संघ चितवनले धर्म संस्कृति सम्बन्धि अन्तरक्रिया एवं साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। संघले जिल्लाको भरतपुर १६ स्थित शरणपुर कार्कीचोकमा गुरुङ समुदायको धर्म संस्कार संकृति सम्बन्धि अन्तरक्रिया एवं साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो।

images
images

संघले विगत एक वर्षदेखि २०७८ सालको राष्ट्रिय जनगणनामा गुरुङ समुदायले धर्मको महलमा वोन धर्म र भाषाको महलमा गुरुङ भाषा लेख्न आग्रह गर्दै समुदाय बाहुल्य क्षेत्रमा अभियान चलाईरहेको छ। सोहि अनुरुप आज शरणपुरमा उक्त कार्यक्रमको आयोजना गरेको हो। 

242827392_1817641348423257_2386116334349202867_n.jpg

कार्यक्रमको प्रमुख अतिथि तमु प्ये ल्हु संघ चितवनका अध्यक्ष जगत बहादुर गुरुङ, सभापति संघको शरणपुर इकाईका अध्यक्ष भिम बहादुर गुरुङ रहेका थिए। कार्यक्रमका अन्य अतिथिहरुमा छेप्पल गुम्बा शरणपुरका अध्यक्ष यम बहादुर गुरुङ, शरणपुर  टोल सुधार समितिका अध्यक्ष टेक्कन गिरि रहेका थिए। 

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले ‘अब पनि नलेखे कहिले लेख्ने’ हामी सबै एकजुट  भएर अहिलेको जनगणनामा धेरै भन्दा धेरै जातिको कोलममा गुरुङ र धर्मको खाकामा बोन लेख्नु पर्छ भनी सबैलाइ अपिल गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य संघका जिल्ला वरिष्ठ उपाध्यक्ष तुलाराम गुरुङ र सस्थाको उदेश्यहरु गतिविधिहरु बारेमा पुर्ब अध्यक्ष भिम बहादुर गुरुङले बताएका थिए।

images
प्रकाशित मिति :आश्विन ९, २०७८ शनिवार - २१:०७:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology