Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

स.का. र विद्यालय कर्मचारीलाई तोकिएको तलब उपलब्ध गराउन एअनेशिसं इच्छाकामनाको माग

स.का. र विद्यालय कर्मचारीलाई तोकिएको तलब उपलब्ध गराउन एअनेशिसं इच्छाकामनाको माग

images

इच्छाकामना न्युज

८, आश्विन २०७८
स.का. र विद्यालय कर्मचारीलाई तोकिएको तलब उपलब्ध गराउन एअनेशिसं इच्छाकामनाको माग
images

कुरिनटार,८असोज । एकिकृत अखिल नेपाल शिक्षक संगठन(एअनेशिसं ) इच्छाकामनाले विद्यालयका सहयोगी कार्यकर्ता (बाल कक्षका शिक्षक),र कार्यालय सहयोगीलाई संघिय सरकारको निर्णय बमोजिम तलब नदिएको भन्दै विरोध जनाएका छन् ।

संघिय सरकारले शिशु सहयोगी कार्यकर्तालाई रु. ८ हजार र स्थानिय सरकारले रु. ७ हजार गरि रु १५ हजार हुनुपर्नेमा गाउँपालिकाले थप गर्ने रकम मध्यबाट थोरै रकम थप भइ जम्मा तलब रु. १२ हजार मात्र भएको ,साथै कार्यालय सहयोगीका लागि संघिय सरकारको ८ हजार र स्थानिय सरकारले ७ गरि रु. १५ हजार हुनुपर्नेमा रु. १० हजार मात्र भएको भन्दै बजेट बक्तव्य अनुसार तलब उपलब्ध गराउन माग गरेका हुन् ।

यसैबिच संगठनले निजिश्रोत शिक्षकलाई न्यायोचित तलब सुविधा उपलब्ध गराउन माग गरेका छन् । शिक्षा क्षेत्रमा गाउँपालिकाले गरेको व्यवहार प्रति दुःख प्रकट गर्दै अविलम्व न्युनतम पारिश्रमिक कायम गर्न स्थानिय सरकारलाई गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाका अध्यक्ष इश्वर नेपाल र सचिव विर्ख बहादुर आलेले संयुक्त हस्ताक्षरमा विज्ञप्ती जारी गर्दै पीडित शिक्षक, सहयोगी कार्यकर्ता कार्यालय सहयोगी,लेखा शिक्षक र निजि शिक्षकहरु दलिय बन्धनबाट उठेर अन्यायको विरुद्ध एकजुट हुन पनि अपिल गरेका छन् ।

तोकिएको सेवासुविधा उपलब्ध नगराए शसक्त अन्दोलन गर्ने आन्दोलन गर्ने संगठनका अध्यक्ष इश्वर नेपालले बताउनुभयो ।

UANTO Bigyapti copy.jpg

images
प्रकाशित मिति :आश्विन ८, २०७८ शुक्रवार - २१:५५:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology