Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

अवैध रुपमा बच्चा जन्माएर मारेको आरोपमा मलेसियामा १ नेपाली महिला पक्राउ

अवैध रुपमा बच्चा जन्माएर मारेको आरोपमा मलेसियामा १ नेपाली महिला पक्राउ

images

एजेन्सी

८, आश्विन २०७८
अवैध रुपमा बच्चा जन्माएर मारेको आरोपमा मलेसियामा १ नेपाली महिला पक्राउ
images

मलेसियामा अवैध बच्चा जन्माएर मारेरको आरोपमा मलेशियन प्रहरीले १ जना नेपाली महिलालाई नियन्त्रणमा लिएको छ ।मलकाराज्यस्थित आलोर गाजाह प्रहरीले ति महिलालाई बच्चा जन्माई मारेर कोठा भित्रै लुकाएको अवस्थामा नेपाली महिलालाई पक्रेको जनाएको छ ।

आलोर गाजाहका प्रहरी प्रमुख सुप्ट अरशद अबूका अनुसार मलकास्थित एक कम्पनीको होस्टेलमा बच्चा जन्माएर कोठामै कालो प्लास्टिकले पोको पारेर राखेको अवस्थामा २८ बर्षिय महिलालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकी महिलाको परिचय खुलाइएको छैन । अनुसन्धानमा उनले आफ्नो प्रेमी पनि नेपाली नै रहेको पुष्टी भए पछि प्रहरीले उनलाई पनि पक्राउ गर्ने तयारी गरेको जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन ८, २०७८ शुक्रवार - २१:१८:०८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology