Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाटमा आयोजित नकआउट फुटबल प्रतियोगितामा दासढुङ्गा फुटवल क्लव प्रथम

देवघाटमा आयोजित नकआउट फुटबल प्रतियोगितामा दासढुङ्गा फुटवल क्लव प्रथम

images

करिश्मा गुरुङ

५, आश्विन २०७८
देवघाटमा आयोजित नकआउट फुटबल प्रतियोगितामा दासढुङ्गा फुटवल क्लव प्रथम
images

देवघाट, ५ असोज । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा आयोजना गरिएको नकआउट फुटबल प्रतियोगितामा दासढुङ्गा फुटबल क्लब (डि.एफ.सी.)ले प्रथम स्थान हासिल गरेको छ। देवघाट युवा जागरण समाजद्वारा आयोजित सो नकआउट  फुटबल प्रतियोगितामा जुगेडि फुटबल क्लबलाई फाईनलमा हराउदै दासढुङ्गा फुटबल क्लब (डि.एफ.सी.)ले प्रथम स्थान हासिल गरेको हो। भदौ २६ गतेबाट सुरू भएको प्रतियोगिता आज सम्पन्न भएको थियो। 

242291753_635210067715466_6357069177661996434_n.jpg

अहिलेका युवाहरूको रूचिका  खेल भन्नु नै फुटबल खेल हो र हामीले नै युवाहरूलाई अगाडि बढाउनु पर्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक गोपी अछामि मगरले बताए। ११ दिनसम्म लगातार खेलाएको सो फुटबल प्रतियोगितामा ५० टिमको सहभागीता रहेको थियो भने सो प्रतियोगितामा जुगेडि फुटबल क्लबले द्वितीय स्थान हासिल गरे।

242536542_1003080496926329_8205897655229292129_n.jpg

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गवहादुर थापाले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए। देवघाट गाउँपालिका वडा नम्बर ५ पिपलटास्थित रहेको पिपलटार खेल मैदानमा फुटबल प्रतियोगिताको सञ्चालन गरिएको थियो। 

सो प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद ४१ हजार १ सय सहित ट्रफी, मेडल र  प्रमाणपत्र दिएका थिए।  

242698352_604349167389231_2678439357179551030_n.jpg

त्यस्तै  द्वितीय स्थान हासिल गर्ने टिमलाई २१ हजार १ सय नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र दिएका थिए,भने सहभागी सम्पूर्ण खेलाडीहरू मध्ये सबैभन्दा उत्कृष्ट खेल खेल्ने खेलाडी रवि शाही ठकुरी र हाई स्क्वायर गोल कर्ता अमृत गुरूङ दुबै जनालाई उत्कृष्ट खेलाडीको उपाधीले सम्मान गरिएको थियो। 

242433806_193800909515370_7362103452136609101_n.jpg

बर्खा मौसमको अन्तिम तिर आईपुग्दा सम्म लगातार झरि परिरहेको र मौसमले च्यालेन्ज लिए बाबजुत पनि कार्यक्रमलाई सब्य र भव्य तरिकाले समापन गरिएको थियो। कार्यक्रम देवघाट युवा जागरण समाजका अध्यक्ष विकास ढकालको अध्यक्षतामा समापन गरिएको हो ।

242492169_1344633289267825_7313386778748613593_n.jpg

images
प्रकाशित मिति :आश्विन ५, २०७८ मंगलवार - २२:११:१० बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology