देवघाट, ५ असोज । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा आयोजना गरिएको नकआउट फुटबल प्रतियोगितामा दासढुङ्गा फुटबल क्लब (डि.एफ.सी.)ले प्रथम स्थान हासिल गरेको छ। देवघाट युवा जागरण समाजद्वारा आयोजित सो नकआउट फुटबल प्रतियोगितामा जुगेडि फुटबल क्लबलाई फाईनलमा हराउदै दासढुङ्गा फुटबल क्लब (डि.एफ.सी.)ले प्रथम स्थान हासिल गरेको हो। भदौ २६ गतेबाट सुरू भएको प्रतियोगिता आज सम्पन्न भएको थियो।

अहिलेका युवाहरूको रूचिका खेल भन्नु नै फुटबल खेल हो र हामीले नै युवाहरूलाई अगाडि बढाउनु पर्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक गोपी अछामि मगरले बताए। ११ दिनसम्म लगातार खेलाएको सो फुटबल प्रतियोगितामा ५० टिमको सहभागीता रहेको थियो भने सो प्रतियोगितामा जुगेडि फुटबल क्लबले द्वितीय स्थान हासिल गरे।

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गवहादुर थापाले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए। देवघाट गाउँपालिका वडा नम्बर ५ पिपलटास्थित रहेको पिपलटार खेल मैदानमा फुटबल प्रतियोगिताको सञ्चालन गरिएको थियो।
सो प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद ४१ हजार १ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र दिएका थिए।

त्यस्तै द्वितीय स्थान हासिल गर्ने टिमलाई २१ हजार १ सय नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र दिएका थिए,भने सहभागी सम्पूर्ण खेलाडीहरू मध्ये सबैभन्दा उत्कृष्ट खेल खेल्ने खेलाडी रवि शाही ठकुरी र हाई स्क्वायर गोल कर्ता अमृत गुरूङ दुबै जनालाई उत्कृष्ट खेलाडीको उपाधीले सम्मान गरिएको थियो।

बर्खा मौसमको अन्तिम तिर आईपुग्दा सम्म लगातार झरि परिरहेको र मौसमले च्यालेन्ज लिए बाबजुत पनि कार्यक्रमलाई सब्य र भव्य तरिकाले समापन गरिएको थियो। कार्यक्रम देवघाट युवा जागरण समाजका अध्यक्ष विकास ढकालको अध्यक्षतामा समापन गरिएको हो ।
