Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

सेवा अहिले नेपाल संस्थाद्वारा इच्छाकामना गर्दासमा संचालित ६ महिने नि:शुल्क सिलाइ कटाइ तालिम सम्पन्न

सेवा अहिले नेपाल संस्थाद्वारा इच्छाकामना गर्दासमा संचालित ६ महिने नि:शुल्क सिलाइ कटाइ तालिम सम्पन्न

images

इच्छाकामना न्युज

५, आश्विन २०७८
सेवा अहिले नेपाल संस्थाद्वारा इच्छाकामना गर्दासमा संचालित ६ महिने नि:शुल्क सिलाइ कटाइ तालिम सम्पन्न
images

गर्दास, ५ असोज । सेवा अहिले नेपाल काठमाडौको आयोजनामा संचालित ६ महिने निशुल्क सिलाइ कटाइ तालिम आज सम्पन्न भएको छ । इच्छाकामना वडा नं. ७ गर्दासमा संचालित तालिममा सो वडा का २६ जना विपन्न महिलाहरुको सहभागीता रहेको थियो । सो निशुल्क तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई निशुल्क सिलाइ मेशिन समेत प्रदान गरिएको थियो ।

सस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि इच्छाकामना गाउँपालिका वडा नं. ७ का कार्यबाहक वडा अध्यक्ष टेकबहादुर गुरुङले सहभागी हरुलाई प्रमाणपत्र र सिलाइ मेशिन प्रदान गर्नुभएको थियो ।

10-1.jpg

सो अवसरमा प्रमुख अतिथि वडा अध्यक्ष गुरुङ, बिशिस्ट अतिथि सोही वडाका सदस्य गनिराज चेपाङ, तिनकन्या सामुदायिक बनका अध्यक्ष मानबहादुर गुरुङ, सेवा अहिले नेपाल संस्थाका अध्यक्ष रेबिका ढकाल, कार्यक्रम संयोजक जगदिशचन्द्र पोख्रेल, संस्थाका चितवन कोअर्डिनेटर ईश्वर कुमार श्रेष्ठ, सस्थाका सदस्य शोभा ढकाल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पत्रकार शिशिर सिंखडा, तालिम प्रशिक्षक चाँदनी चेपाङ, तालिममा  सहभागी ईसा घर्ती, सुनिता चेपाङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो संस्थाले यस अगाडि पनि कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका  क्षेत्रका विभिन्न बस्तीमा सोही प्रकारको तालिम उपलब्ध गराइसकेको छ ।संस्थाले यस अगाडि विपन्न बस्तीका स्कुल र गाउँहरुमा छात्रवृत्ति वितरण, न्यानो कपडा, खाद्यान्न, झुल लगायतका सामग्रीहरु पनि सहयोग गर्दै आएको संस्थाका सुपर भाइजर ईश्वर कुमार श्रेष्ठले जानकारी दिए ।

images
प्रकाशित मिति :आश्विन ५, २०७८ मंगलवार - १९:१८:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology