चनौटे, २ असोज । नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृसंस्था राष्ट्रिय युवा संघ इच्छाकामना वडा नं. ६ को वडाकमिटि अध्यक्षमा राजकुमार गुरुङ चयन भएको छ। इच्छाकामना ६ चनौटेमा आज सम्पन्न एमालेको वडा भेलाले गुरुङको अध्यक्षतामा युवा संघ इच्छाकामना ६ को ५१ सदस्यीय वडाकमिटि गठन गरेको हो।
भेलाले युवा संघको उपाध्यक्षमा किसान गुरुङ, सचिवमा पदम गुरुङ, सह–सचिवमा विकाश गुरुङ, होम बहादुर मगर लगायत चयन गरेको नेकपा एमाले इच्छाकामनाका इन्चार्ज दान बहादुर गुरुङले जानकारी दिए।
कार्यक्रम नेकपा एमालेको जिल्ला चितवन जिल्ला सचिव प्रकाश खनाल ‘शैलेस’को प्रमुख आतिथ्यता र वडाध्यक्ष भुपेन्द्र चेपाङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेकपा एमाले बागमति प्रदेश कमिटि सदस्य नारायण अधिकारी, प्रकाश अधिकारी, शान्ती अधिकारी, इच्छाकामनाका इन्चार्ज दान बहादुर गुरुङ, अध्यक्ष कृष्ण सिलवाल लगायत स्थानीय नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
यस्तै कार्यक्रममा एमालेका पूर्व पार्टी प्रमुखहरु रमेश कुमार गुरुङ, पुष्पलाल गुरुङ, ललिमन गुरुङ, कृष्णराज गुरुङ, धन बहादुर चेपाङ लगायत १५ जनालाई सम्मान समेत गरेको थियो।