देवघाट, १ असोज । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको देवघाट समाज कल्याण आश्रममा आश्रित वृद्ववृद्वाहरुलाई
मध्ये नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफएम र कालिका टिभि एचडिले देवघाटधाममा वृद्ववृद्वालाई सम्मान गरेको छ । कालिका एफएमको गौरवशाली १९ औँ वार्षिकोत्सव र कालिका एचडि टेलिभिजनको सातौ वार्षिकोत्सवको अवसरमा देवघाट समाज कल्याण आश्रममा आश्रित वृद्ववृद्वालाई स्वास्थ्य सामाग्री र खाध्यान्न सहयोग गरेको हो ।
वृद्ववृद्वाको आर्शिवाद लिएर हरेक बर्ष बार्षिकोत्सवको सुरुवात गर्ने गरेको कालिका मिडियाले यसपाली पनि वृद्ववृद्वालाई सम्मान गरेर वार्षिकोत्सवका कार्यक्रमको सुभारम्भ गरेको हो ।

कार्यक्रममा देवघाट गाँउपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले कालिका एफएमले १९ औं वार्षिकोत्सव मनाउदै गर्दा समाजमा निकै उत्कृष्ट काम गरेको बताए। कालिकाले समाजका पिछडिएका वर्गको चेतना स्तर सुधारगर्न अहम भुमिका निर्वाह गरेको उहाँको बताए। साथै अध्यक्ष थापाले कालिका मिडियाको वार्षिकोत्सवका सवै कार्यक्रमको सफलताको शुभकामना दिए।
कार्यक्रममा देवघाटक्षेत्र विकास समितिका अध्यक्ष वद्रीप्रसाद अधिकारीले कालिका मिडिया सुचना, मनोरञ्जन र समाचारमा सदैव अगाडी रहेको बताए। स्थापनाकाल देखिनै कालिकाले आफुलाई अब्बल सावित गर्दै देशकै सर्वोत्कृष्ट रेडियोका रुपमा स्थापित भएको उहाँको भनाई छ । सामाजिक उत्तरदायित्व अन्तरर्गत कालिका मिडियाले वार्षिकोत्सवको पहिलो कार्यक्रमनै देवघाटमा गर्ने गरेको भन्दै उहाँले कालिका एफएमले आगामी दिनमा पनि अझै प्रगति गर्नेमा विस्वास व्यक्त गरे।

साथै देवघाट समाज कल्याण वृद्वाश्रमका अध्यक्ष धिरणवावु घिमिरेले आश्रममा आश्रित वृद्ववृद्वालाई आर्थिक अभावमा कठिनाई हुनेगरेको बताए। उहाँले कालिका एफएमले यस क्षेत्रमा आएर आफ्नो महत्वपुर्ण कार्यक्रम गर्दा सहज महशुस भएको बताए। कालिका एफएमले देवघाट समाज कल्याण वृद्वाश्रमलाई निरन्तर सहयोग र सद्भावको अपेक्षा गरे।
कार्यक्रममा कालिका मिडियाका निर्देशक दिपक पौडेलले वृद्ववृद्वाको आर्शिवाद कालिकाको सधै साथमा रहेको कारण सफल वार्षिकोत्सव गर्दै आएको बताए । कालिका मिडियाले निरन्तर रुपमा सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गदै आएकाले आगामी दिनमा पनि जनताको माझमै रहेर काम गर्ने प्रतिवद्धता जनाए। कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका सुचना अधिकारी प्रविण कार्की, वृद्धाश्रमका लेखापाल ढकराज कोइराला लगाएतले बोलेका थिए।