Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कोरोना संक्रमण घट्दै गएपछि तनहुँको देवघाट गाउँपालिकाद्वारा संचालित अस्थायी कोभिड अस्पताल बन्द

कोरोना संक्रमण घट्दै गएपछि तनहुँको देवघाट गाउँपालिकाद्वारा संचालित अस्थायी कोभिड अस्पताल बन्द

आशिक राना

१, आश्विन २०७८
कोरोना संक्रमण घट्दै गएपछि तनहुँको देवघाट गाउँपालिकाद्वारा संचालित अस्थायी कोभिड अस्पताल बन्द

देवघाट, १ असोज । कोरोना संक्रमितको उपचार गर्नको लागि तनहुँको देवघाट गाउँपालिकाले संचालनमा ल्याएको अस्थायी कोभिड अस्पताल बन्द गर्ने भएको छ। गाँपालिका स्तरीय कोभिड १९ रोकथाम तथा नियन्त्रण समितिको बैठक आज बसेको बैठकले उक्त अस्पताल बन्द गर्ने निर्णय गरेको हो।

images

गाउँपालिका भित्र पछिल्लो समय कोरोना संक्रमणको प्रभाव अत्यन्त न्युन हुदै गएको र भएका संक्रमितहरुलाई पनि अस्पतालमा राख्नुपर्ने स्थिति नभएकोले समितिले अस्थायी कोभिड अस्पताल बन्द गर्ने निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो। 

242128641_548784216376624_2957167370088452334_n.jpg

यसैगरी गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाको अध्यक्षतामा बसेको सो बैंठकले अस्पताललाई हाल बन्द गरि अन्य प्रयोजनको लागी ल्याउने र फेरि संक्रमितको संख्या बढेर बिरामी राख्नु पर्ने स्थिति आएमा पुनः सञ्चालानमा ल्याउने निर्णय गरेको छ। साथै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणलाइ प्रभावकारि बनाउन हरेक हप्ताको आइतबार पि.सि.आर. टेष्ट गरिने तथा दैनिक एन्टिजेन टेष्ट गरि दयारा फराकिलो बनाउने, मठ, मन्दिर, व्यापार, उद्योग,स्कुल आदि सामाजिक दुरि कायम गरि मापदण्ड अनुसार सञ्चालन ल्याउने लगाएतको निर्णय गरिएको छ।

242076851_229774862450869_1301123731491999096_n.jpg

बैठकमा देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले देवघाट गाउँपालिकाको जनसमुदायलाई कोविड १९  संक्रमण बाट सुरक्षित राख्न कुनै पनि कसर नराखी आफु निरन्तर लागी परेको बताए। साथै अध्यक्ष थापाले परिस्थिति जस्तो सुकै आए पनि मनस्थिति सधैं बलियो बनाएर अगाडी बढ्नुपर्ने  समेत जोड दिए।

बैठकमा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागी सवैले आ–आफ्नो ठाँउबाट कर्तव्य र जिम्मेवारी लिइ अगाडी बढ्नुपर्ने बताए।

242205499_226114092866781_630699957654594330_n.jpg

सो बैठकमा देवघाट ४ नम्बर वडा अध्यक्ष पदम बहादुर गुरुङ, देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ, देवघाट ईलाका प्रहरी कार्यालयका इन्चार्ज सुशील लामिछाने र देवघाट उद्योग बाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठ लगाएतले आफ्नो भनाइ राखेका थिए।

यस्तै देवघाट गाउँपालिकामा हाल सम्म ५ सय ५३ जनाको पि सि आर टेष्ट गर्दा २१ जना महिला र ३३ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको र एन्टिजेन बिधि बाट १ सय ५३ जनाको टेष्ट गर्दा ६ जना महिला र ९ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको देवघाट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकीले जानकारी दिए। 

साथै देवघाट गाउँपालिकामा दोस्रो मात्रको खोप लगाउने संख्या ११ हजार ९३ जना रहेता पनि ३ हजार २ सय ५७ जनाले कोविड १९ खोप लगाइ सकिएको बुढाथोकीले जानकारी दिए।

images
प्रकाशित मिति :आश्विन १, २०७८ शुक्रवार - २१:१४:२० बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology