गोरखा, ३१ भदौ । गोरखाका रङ्गकर्मी वीरबल घले चलचित्र विकास बोर्डको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रबद्र्वन समितिको सदस्यमा चयन भएका छन् ।
गुरूङ चलचित्रका नायक, मोडल तथा निर्माता वीरबल घले ‘विरूप’ नेपाल सरकार चलचित्र विकास बोर्ड मातहतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रबद्र्वन समितिको सदस्य पदमा मनोनित भएका हुन् ।
विगत एक दशकदेखि गुरूङ सांस्कृतिक चलचित्रको निर्माण तथा अभिनयमा सकृय घलेलाई गुरूङ फिल्म एशोसियसन नेपाल (जिफान)म र आदिवासी जनजाति चलचित्र महासंघले उक्त समितिमा सिफारिस गरेको हो ।
सोही अवसरमा जिफानका अध्यक्ष भोज बहादुर गुरूङ, प्रमुख सल्लाहाकार माओत्से गुरूङ, उपाध्यक्ष गुन्ज गुरूङ, महासचिव लवसन गुरूङ लगायतले गत मंगलबार पोखरामा बधाई तथा सम्मान कार्यक्रमको आयोजना समेत गरेको थियो ।