कुरिनटार, २१ भदौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज (सोमबार) इच्छाकामना गाउँपालिकामा निर्वाचन भएको छ । गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ६ वटामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै वडा नं. ४ भने सर्वसम्मत गर्ने प्रयास विफल भएपछि मंगलबार मतदान हुने भएको छ । सभापतिमा राजेन्द्रदेव त्रिपाठी, खड्क बहादुर थापा र बुद्धिप्रसाद सिलवालले उम्मेद्वारी दिएपछि सर्वसम्मत नेतृत्व चयन गर्न नसकिएको मतदान अधिकृत देवबहादुर गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार खुल्ला तर्फको क्षेत्रीय प्रतिनिधि, महिलातर्फको खुल्ला क्षेत्रीय प्रतिनिधिमा पनि मतदान हुनेछ । मतदान समय विहान ८ बजेका लागि तय भएको मतदान अधिकृत गुरुङले जानकारी दिनुभयो ।
यी हुन् सर्वसम्मत निर्वाचित वडा सभापतिहरु:
वडा नं. १ सभापतिः नरबहादुर राना (सर्वसम्मत)
वडा नं. २ सभापतिः एकबहादुर अधिकारी (सर्वसम्मत)
वडा नं. ३ सभापतिः रामबहादुर गुरुङ (सर्वसम्मत)
वडा नं. ४ सभापतिः (मतदान हुने)
वडा नं. ५ सभापतिः राजेन्द्र त्रिपाठी (सर्वसम्मत)
वडा नं. ६ सभापतिः धनसिंह गुरुङ (सर्वसम्मत)
वडा नं. ७ सभापतिः मानबहादुर गुरुङ (सर्वसम्मत)