Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

रातभर झरी परे पनि मुग्लिन–नारायणगढ सडकखण्ड खुला

रातभर झरी परे पनि मुग्लिन–नारायणगढ सडकखण्ड खुला

images

इच्छाकामना न्युज

१३, भाद्र २०७८
रातभर झरी परे पनि मुग्लिन–नारायणगढ सडकखण्ड खुला
images

मुग्लिन, १३ भदौ । झरी पर्ने वित्तिकै पहिरो झर्ने र बन्द हुने मुग्लिङ नारायणगढ सडकखण्ड आज भने खुला रहेको छ। रातभर निरन्तर झरी परे पनि पहिरो नझरेका कारण उक्त सडकखण्ड खुला रहेको छ। 

ईलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार बिहान तीन बजेतिर देखिएको पाँच किलोको पहिरो अवरोध हटेको छ । यस्तै धादिङस्थित पृथ्वी राजमार्गमा पनि वर्षाका बाबजुद यातायात सञ्चालन भैरहेको प्रहरीले जनाएको छ ।

यता रातभर गण्डकी प्रदेश तथा आसपासमा वर्षा भए पनि पृथ्वी राजमार्गमा यातायात सञ्चालन नियमित भैरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अहिलेसम्म तनहुँस्थित राजमार्गमा यातायात अवरोध आएको छैन । नियमित वर्षा भैरहे पनि सडक अवरुद्धका घटना नआएको भनाई प्रहरीको छ ।

images
प्रकाशित मिति :भाद्र १३, २०७८ आइतवार - ०८:३२:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology