Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गैँडाकोटका मेयर सहित सबै वडाध्यक्षहरु नेकपा एमालेमै रहने, समाजवादीमा नजाने

गैँडाकोटका मेयर सहित सबै वडाध्यक्षहरु नेकपा एमालेमै रहने, समाजवादीमा नजाने

इच्छाकामना न्युज

१२, भाद्र २०७८
गैँडाकोटका मेयर सहित सबै वडाध्यक्षहरु नेकपा एमालेमै रहने, समाजवादीमा नजाने
images

गैडाकोट, १२ भदौं । नवलपुरको गैँडाकोट नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित मेयर सहितका सवै जनप्रनिधिहरु एमालेमै रहने भएका छन । उनिहरुले एकिकृत समाजबादीमा कुनैपनि हालतमा नजाने भन्दै एमालेमै रहने वताएका हुन । जनप्रतिनिधिले कार्यकर्ताको भावना पनि एमालेमै रहनुपर्छ भन्ने रहेको बताएका छन ।

images
images

१८ वटा वडाहरु रहेको गैडाकोट नगरपालिकामा मेयर सहित ८ वटा वडाका अध्यक्ष पदमा एमालेबाट उठेका जनप्रतिनिधिहरुले चुनाव जितेका थिए ।नगरप्रमुख छत्रराज पौडेलले आफुु विगतदेखिनै नेकपा एमालेको सिपाही भएको भन्दै पार्टि विभाजनलाई साथ दिन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो पहिले पनि एमालेमै थिए अहिले पनि एमालेमै छु। पौडेलले कार्यकर्ताको भावना विपरित आफूहरु कुनै समूहमा आबद्ध नहुने प्रष्ट पार्नुभयो ।

मेयरसहित गैडाकोट नगरपालिका वडा नं. २, ५, ८, ९,१०,११,१३ र १४ नम्बर वडामा नेकपाले विजयी हाँसिल गरेको थियो। नेकपा एमालेमा विवाद उत्पन्न भएदेखि नै खुलेर ओली समूहमा लागेका गैँडाकोट नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नवराज कंडेल, वडा नं. ८ का अध्यक्ष डिलाराम रिजाल, ९ नं.का अध्यक्ष प्रेमप्रसाद सापकोटा र ११ नं. का अध्यक्ष गोविन्द सुवेदी हुन । यी बाहेक वडा नं. २ का अध्यक्ष धुव्रराम पौडेल, १० का अध्यक्ष देवीदत्त कंडेल, १३ का वडा अध्यक्ष पदमलाल पौडेल र १४ का वडाअध्यक्ष कोकीशरा राना मगरले पनि नेकपा एमालेमै रहने बताएका छन ।

गैँडाकोट नगरपालिका ५ का अध्यक्ष नवराज कंडेलले गैँडाकोटमा एमाले विभाजन नभएको बताउुभयो । गैडाकोटमा पार्टी विभाजनको पक्षमा कोही नेता कार्यकर्ता नरहेको उहाँले जानकारी दिनुभयो । माधव समूहको भनेर चिनिदै आउनुभएका नेकपा एमालेका नगर अध्यक्ष षडानन्द लामिछाने पनि माधव समूहमा लाग्नुभएको छैन । पार्टी विभाजनपूर्व खुलेर माधव गुटमा लाग्नुभएका उहाँले विभाजन पछि माधव समूह त्यागेको बताइएको छ ।

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - ०९:०२:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology