Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राजनैतिक जीवनमा माधव नेपालको अवसान शुरु

राजनैतिक जीवनमा माधव नेपालको अवसान शुरु

बि.बि. श्रेष्ठ

४, भाद्र २०७८
राजनैतिक जीवनमा माधव नेपालको अवसान शुरु
images

शक्ति संघर्षको लामो कोशिशपछि अन्तत नेकपा (एमाले) विभाजित भएको छ । देश र जनतालाई हैन, आफैलाई नै शक्तिकेन्द्रमा राखेर अगाडी वढ्को परिणाम नै हो, एमाले विभाजन । एमालेको नवौ महाधिवेशनवाट केपी शर्मा ओली सँग पराजित भएको माधव नेपालको कुष्ठा अन्ततः नराम्रो सँग उजागर भएको छ । विधि र पद्धतीको नारा उराल्ने माधव कुमार नेपाल नेकपा एकीकृत (समाजवादी) गठन गरेर सत्तामोहको पराकाष्ट पस्तुत गरेका छन् । पार्टीको कार्यदिशा, विचार र संगठानिक रुपमा जवजको चर्को वकालत गर्दे आएको माधव नेपालको नव गठित पार्टीको मुख्य कार्यभार समेत प्रष्ट नहुनाले समेत माधव कुमार नेपाल के चाहन्छ भन्ने पुष्टि भएको छ । 

images
images

नवौ महाधिवेशनवाट पराजित माधव नेपालको कुष्ठाले पार्टी र जनतालाई कहाँ पुरयायो ? फगत केपी शर्मा ओलीलाई अध्यक्ष स्वीकार गर्ने नसक्ने नेपाल आफुलाई केन्द्रभागमा राख्नका लागी गरिएको तिकडमले अन्तत नेकपा एमालेको कार्यकर्तालाई नै विभाजित वनायो । हारेर पनि अध्यक्ष वन्नुपर्ने सोच, आफुमात्र सवल भन्ने आत्मरतिले आफनै पार्टीको वहुमतको सरकारलाई प्रतिपक्षमा पुरयायो । 

आफैनै सरकार ढाल्नका लागी महागठवन्धन गरेका माधव नेपाल अन्तत सफल भएता पनि देश र जनताले के पाए ? माधव नेपालले जवाफ दिनुपर्दछ । नेकपा एकीकृत (समाजवादीको) को कार्ययोजना र दृष्टिकोण के त ? माधव नेपालको गोलमोल जवाफले अवको जनता आर्कषित हुन सक्दैन । अझै पनि ईतिहासलाई भिजाएर सत्ता र शक्तिमा पुग्दछु भन्ने माधवको सोच नै गलत छ । जुन गलत सोचले माधवको ईतिहासलाई धुमिल वनाईदियो । 

विमती र असहमति पार्टीका विधान, कार्यशैली र संगठनमा हुन्छ, नकि व्यक्तिमा । एमाले आफैमा साधन हो, साध्य होईन, यो आफैमा क्रियाशिल रहन्छ, व्यक्तिको नेतृत्व समयचक्रसँगै फेरवदल हुन्छ भन्ने समेत यथार्थलाई आत्मासात नगरेका माधव घर जलाएर खरानीको व्यापार गर्न उद्यत भईरहेका छ । ओली नवौ महाधिवेशनवाट निर्वाचित अध्यक्ष हुन्, त्यो पद कसैले चाहदैमा प्राप्त गर्न सक्ने हुदैन । विधिसम्मत तवरवाट निर्वाचित अध्यक्षलाई हटाएर आफै अध्यक्ष हुनका लागी गरिएको तिकडम क्षम्य हुन सक्दैन । अर्को महाधिवेशनवाट पुन अध्यक्षमा निर्वाचित हुन सकिने वाटो हुदाँहुदै पनि रोदनवाट प्राप्तिको आश गर्नुले पनि नेपालको विधि र पद्धती पुष्टि हुन्छ । 

नयाँ गठन गरिएको पार्टी नेकपा एकीकृत(समाजवादीका)को अवको वाटो के ? नेतृत्व समेत प्रष्ट भईनसकेको अवस्थामा नेपालको नेतृत्व गरेको पार्टी अन्तत लामो समय चल्न नसक्ने निश्चित  छ । किनकी नेपालको राजनितीमा फुटेर गएको पार्टीले जनाधार तय गरेको ईतिहास छैन । फुट के का लागी भन्ने समेत पुष्टि गर्न नसक्नेहरुका पछाडी अव पनि जनता लाग्दछन् भन्ने कुरा एमालेको लामो समय नेतृत्वगरेको नेपालले सोच्नु भनेको अस्तित्वविहिन हुनुमात्र हो । के का लागी नयााँ पार्टी ? माधव नेपाललाई अध्यक्ष र प्रधानमन्त्री वनाउनका लागी ? माधव नेपाल अध्यक्ष र प्रधानमन्त्री हुदैमा देश र जनताले के पााँउछन् ?  फेरि माधव नेतृत्वको सरकार र पार्टी संचालन नदेखेका जनता हुन र ? जसको ढुलमुले विचारले नेपाललाई पश्चगमन भन्दा अगाडी लान सकेन, पार्टीलाई नै तेश्रो पार्टीको दर्जामा पुरयाए । यो नेपाली जनता र कार्यकर्तालाई राम्रो सँग अवगत छ । 

शक्ति र सत्ताको दम्भ कस्तो हुन्छ भन्ने एमालेको जननी सम्झने माधव नेपालको भुमिका लाई नजिकवाट नियाल्ने हो भने प्रष्ट हुन्छ । देश र पार्टीको नै नेतृत्व गरिसकेको नेता पुन सत्ता प्राप्तिका लागी यति धेरै विधि र पद्धतीका नाउँमा नाङ्गिन्छ भने राम राम भन्न सकिन्छ, काँध थाप्न सकिदैन । यसै पनि लामो समय नेपालको कम्युनिष्ट आन्दोलनका नेतृत्व गरेर सर्वश्रेष्ठ नेताको रुपमा आसिन हुने अवसरलाई समेत लात हान्दै आफु भन्दा अरुको विकल्प नदेख्ने सोचले माधव नेपालको अभिष्ट पुष्टि हुन्छ । देश र जनता के चाहन्छन भन्दा पनि आफु कसरी सत्तामा पुग्ने अभिलाषाले अवको दिनमा माधवको राजनितीमा ओरालो लाग्ने निश्चित छ । 

पार्टीभित्रको वैचारिक विभेद हुन्छ, सहमति असहमति हुन्छन् । विधी र प्रद्धती के का लागी हो भन्ने कुरा माधवको गतिविधीले प्रष्ट पारिदियो । घर जलाएर खरानीको व्यापार गर्न उद्यत माधव नेपाल नेपालको कम्युनिष्ट आन्दोलनलाई पश्चगमन तर्फ उन्मुखको सारथी वनिदियो । पार्टीभित्रको वैचारिक मतभेदलाई उठान गर्ने विषय सान्र्दभिक हुनेछ । तर आफनै पार्टीको अध्यक्ष एवं प्रधानमन्त्रीलाई सरकारवाट विस्थापित गरेर प्रतिगामी सिद्ध गरेर अग्रगमन कसरी गरेका छन्, आम जनताले नजिकवाट नियाली रहेका छन् । आफैले १५ वर्षसम्म नेतृत्व गर्दा एमालेको हैसियत के थियो र ओलीले नेतृत्व गर्दा एमाले कहाँ पुग्यो, आम कार्यकर्ताले मुल्यांकन गरेका छन् । अतः माधवको विधि र पद्धतीको रोदन अव समाप्त भएको छ । 

अवसर पटक पटक प्राप्त हुदैन । ओलीले पार्टीमा निरंकुशता लादे, आफनोलाई च्यापे, गर्नुसम्मको अपमान गरे, तर त्यसका लागी वैचारिक लडाई जायज हुन्थ्यो । संगठन र पार्टीमा लामो समय नेतृत्व गरेका नेपाल हारेर पनि अध्यक्ष चाहिने सोचले अन्तत आफनो ईतिहास नै कलंकित वनाए । किनकी देशले परिवर्तन खोज्दछ, जनताले विकास र समृद्धी, नकि कोही अध्यक्ष र प्रधानमन्त्री, त्यो त आवधिक मात्र हो । साधन मात्र हो, साध्य होईन । विधी र पद्धतीको नारा ओराल्ने माधव नेपालको नयाँ पार्टीको गठन सँगै ओरालो यात्रा शुरु भएको छ । व्यक्ति सधै सर्वेसर्वा वन्न सक्दैन, माधव पनि अपव्यय हुन सकेनन । पार्टीको सर्वोच्च पदमा पुग्नु आफैमा ठुलो कुरो हैन, तर त्यो पदको गरिमा र कार्यभार वहन कत्तिको गर्न सक्यो भन्नेले अर्थ राख्दछ, । माधव नेपालले जीवनको उत्तरार्धतिर यो एकमात्र सत्यतालाई वुझन नसकेर गम्भिर गल्ति गरेका छन् । 

व्यक्ति सधै सर्वेसर्वा वन्न सक्दैन, माधव नेपालको नेतृत्व क्षमता एमाले तेश्रो पार्टी वनेपछि नै सकिएको हो । त्यसपछिको माधवको रोदन भनेको फगत सत्ता प्राप्तिका लागी हो नकि देश र जनताको लागी । सधै आफु अनुकुलको व्याख्या भनेको छाँया जस्तै हो । जुन विलिन भएर जान्छ । कम्युनिष्टको यति राम्रो सत्ता संचालनको यति धेरै अवसरमा माधव नेपाल सारथी कहिल्यै वनेनन् । यसले पनि माधव नेपालको जनता र कार्यकर्ताको माझ ओझ घटाईदियो । ओली व्यक्ति होईन, एमाले हुन भन्ने सत्यतालाई अंगिकार गर्न नसकेका माधव नेपालको कम्युनिष्ट आन्दोलनको धमिरा हुन् । जसले देश र जनता र सिङ्गो एमाले पार्टीलाई हैन, आफुलाई मात्र केन्द्र भागमा राखेर हेरे । त्यसैको नतिजा हो, अहिलेको नयाँ पार्टीको गठन । व्यक्ति केन्द्रित राजनिती कर्कलोको पानी जस्तै हो । जसको कुनै भुमिका हुदैन, हावाको सानो वेगले नै अस्तित्वविहिन वनाईदिन्छ । 

अवसर पटक पटक प्राप्त हुदैन । ओलीले पार्टीमा निरंकुशता लादे, आफनोलाई च्यापे, गर्नुसम्मको अपमान गरे, तर त्यसका लागी वैचारिक लडाई जायज हुन्थ्यो । संगठन र पार्टीमा लामो समय नेतृत्व गरेका नेपाल हारेर पनि अध्यक्ष चाहिने सोचले अन्तत आफनो ईतिहास नै कलंकित वनाए । किनकी देशले परिवर्तन खोज्दछ, जनताले विकास र समृद्धी, नकि कोही अध्यक्ष र प्रधानमन्त्री, त्यो त आवधिक मात्र हो । साधन मात्र हो, साध्य होईन । विधी र पद्धतीको नारा ओराल्ने माधव नेपालको नयाँ पार्टीको गठन सँगै ओरालो यात्रा शुरु भएको छ । व्यक्ति सधै सर्वेसर्वा वन्न सक्दैन, माधव पनि अपव्यय हुन सकेनन । पार्टीको सर्वोच्च पदमा पुग्नु आफैमा ठुलो कुरो हैन, तर त्यो पदको गरिमा र कार्यभार वहन कत्तिको गर्न सक्यो भन्नेले अर्थ राख्दछ, माधव नेपालको जीवनको उत्तरार्धतिर यो एकमात्र सत्यतालाई वुझन नसकेर गम्भिर गल्ति गरेका छन् । 

देश र समाज निर्माण गर्न हैन, जनताको जीवनस्तर र समृद्ध वनाउन हैन, केवल ओलीको तेजोवध गर्नका लागी गठन गरिएको पार्टी अन्तत केही समयमा नै विलिन हुने पक्का छ । पार्टीको निश्चित एजेष्डा र कार्यदिशा हुन्छ । नेकपा एकीकृत (समाजवादीको) को कार्ययोजना र दृष्टिकोण के त ? माधव नेपालको गोलमोल जवाफले अवको जनता आर्कषित हुन सक्दैन । अझै पनि ईतिहासलाई भिजाएर सत्ता र शक्तिमा पुग्दछु भन्ने माधवको सोच नै गलत छ । जुन गलत सोचले माधवको ईतिहासलाई धुमिल वनाईदियो । 

आफैनै सरकार ढाल्नका लागी महागठवन्धन गरेका माधव नेपाल अन्तत सफल भएता पनि देश र जनताले के पाए ? माधव नेपालले जवाफ दिनुपर्दछ । हिजो ओलीले दल विभाजनमा अध्यादेश ल्याउदाँ प्रतिगमन देख्ने माधव नेपाल आज वीस प्रतिशतको अध्यादेशलाई अग्रगमन देखिरहेका छन् । आफुले गर्दा अग्रगमन र अरुले गर्दा प्रतिगमनको यो रापले माधव नेपालले अन्तत ओरालो यात्रातर्फ ईगित गरेको छ । 

विचार विनाको राजनिती क्षणिक हो, शक्ति र सत्ताका लागी नेपालका नेताहरु कतिसम्म गिर्न सक्दछन भन्ने फेहरिस्त धेरै छ । लामो समयसम्म नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान गरेको माधव नेपाल राजनैतिक जीवनको उत्तरार्धमा पार्टी नै गठन गरेर पदलिप्सा देखाउनु भनेको चरम लज्जावोध हो । जनतालाई सधै भेडा सम्झनेहरुले विगतको ईतिहासलाई मुल्यांकन नगर्नु भनेको कमजोरी हो । अन्तत माधव नेपाल नेपालको कम्युनिष्ट आन्दोलनको नेता रहेर स्थापित हुनुपर्नेमा कलंकित हुन पुगे, यो नै माधव नेपाल र कम्युनिष्ट आन्दोलनको लागी घातक हो । 

images
प्रकाशित मिति :भाद्र ४, २०७८ शुक्रवार - १९:१६:१९ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology