बुंकोट, ३ भदौ । गोरखाको शहिद लखन गाउपालिका ७ नं. वडा भित्र रहेका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुलाई अनुदानमा ल्यापटप वितरण गरिने भएको छ। वडाकार्यालयको आर्थिक वर्ष २०७८/०७९को योजना कार्यक्रम अनुसार वडा भित्र रहेका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुलाई ५० प्रतिशन अनुदानमा ल्यापटप वितरण गरिने भएको हो।
कोरोनाको प्रभाव संगै बिधालय, शिक्षक र बिधार्थिहरुलाई प्रबिधीमा जोड्ने र प्रबिधी मैत्री बनाउने उदेश्यले वडा कार्यालयले शिक्षक शिक्षिकाहरुलाई ५० प्रतिशन अनुदानमा ल्यापटप वितरण गर्न लागिएको वडाध्इक्ष शरण श्रेष्ठले जानकारी दिए। उनका अनुसार वडाकार्यालयले छिट्टै कार्यविधि बनाएर १ शिक्षक १ ल्यापटप अनुदानमा दिईनेछ।
यस्तै विद्यालय र स्वास्थ्य चौकीको लागी अनुदानमा प्रोजेक्टर बितरण पनि गरिने वडाध्यक्ष श्रेष्ठले बताए। शहिद लखनको ७ नं. वडामा ५ वटा सामुदायिक विद्यालय रहेका छन्।