Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

अफगानिस्तानमा रहेका नेपाली घर फर्कर्दै 

अफगानिस्तानमा रहेका नेपाली घर फर्कर्दै 

images

सिआईएन

३२, श्रावण २०७८
अफगानिस्तानमा रहेका नेपाली घर फर्कर्दै 
images

राजन रुचाल, काठमाडौँ, ३२ साउन । अफगानिस्तानको विद्रोही समूह तालिवानले सत्ता कब्जा गरेपछि त्यहाँ रहेका नेपालीलाई घर फर्काउन थालिएको छ । आफ्नो दूतावासमा कार्यरत झण्डै तीन सय नेपालीलाई अमेरिकाले स्वदेश फर्काउँदैछ ।

पछिल्लो पाँच वर्षमा ६ हजार ६ सय ३७ जना श्रमस्वीकृति लिएर अफगानिस्तान पुगेका छन् । त्यसबाहेक कयौँ नेपाली अफगानिस्तानमा रहेको अनुमान गरिएको छ । उनीहरु अहिले त्रास र चिन्तामा छन् ।

बाबुराम तामाङ १० वर्षदेखि अफगानिस्तानको काबुलमा हुनुहुन्छ । त्यहाँको अवस्थाबारे बुझ्न फोन गर्दा, उहाँ नेपाल फर्कन तयारी गरिरहनुभएको थियो । विभिन्न अमेरिकी कम्पनीमा सुरक्षा दिइरहेका नेपालीहरुलाई घर फर्कन कम्पनीले सहयोग गरिरहेको  अर्का नेपाली कुमार राउतले  बताउनुभयो ।

अहिले अफगानिस्तानमा १४ हजार ५ सय ६५ नेपाली कार्यरत छन् । उनीहरु सबै तत्काल फर्किने अवस्थामा छैनन् । अफगानिस्तानमा रहेका अन्तराष्ट्रिय नियोगमा समेत नेपाली सुरक्षागार्डलाई श्रमस्वीकृति नलिई अवैध ढङ्गले काममा लगाउने गरिएको कतिपय अध्ययनले देखाएका छन् ।

सरकारले पनि अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा कति नेपाली कार्यरत छन् भन्ने तथ्याङ्क नै नभएको बताएको छ । औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलको भनाइ छ ।

संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले पनि अफगानिस्तानमा रहेका नेपालीहरुलाई हवाई तथा अन्य बाटोबाट उद्धार गर्न निर्देशन दिएको समितिका सभापति पवित्रा निरौलाले बताउनुभयो ।

यद्यपी, सत्ता छोडेको २० वर्षपछि काबुल कब्जा गरेका तालिबानीहरुले स्वदेश फर्कन चाहानेहरुलाई फर्कन दिने र फर्कन नचाहानेलाई पनि कुनै अप्ठ्यारो नपार्ने बताएका छन् । 

images
प्रकाशित मिति :श्रावण ३२, २०७८ सोमवार - ०९:०७:४९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology