गणेश रावत, जुम्ला, २७ साउन । जुम्लामा मास्कबैँक स्थापना गरिएको छ । कोभिड १९ सङ्गक्रमण व्यवस्थापन समिति जिल्ला प्रशासन कार्यालय जुम्लाले मास्क बैँक बालमन्दिरमा स्थापना गरिएको छ । मास्क नलगाएर बाहिर निस्कने नागरीकलाई मास्क वितरण गरीएको छ ।
तपाईँको मास्क खै, मास्क लगाऔँँ, हुनेले दिनुहोस, नहुनेले लिनुहोस लेखिएका पोस्टर टाँसेर आजबाट बैँक सञ्चालन गरिएको छ । मास्कनभएमा र हराएमा मास्क बैँकबाट लिन आग्रह गरिएको छ ।
पछिल्लो समय कोरोना भाइरस अर्थात कोभिड १९ को तेस्रो लहर जुम्लामा पनि फैलिरहेको भन्दै यसको नियन्त्रण गर्न मास्क बैँक स्थापना गरिएको कोभिड व्यवस्थापन समितिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताउनु भएको छ ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको सहजिकरणमा बँैक स्थापना गरिएको हो ।