चितवन, २७ साउन । कालिका नगरपालिकामा नेकपा माओवादी केन्द्र निकट वाईसीएल नेपालको वडा भेला भएको छ ।
प्रदेशको शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति तथा प्रदेश सांसद घनश्याम दाहाल ‘अविनास’ प्रमुख अतिथि रहेको भेलामा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य राम्धोज डल्लाकोटी, वाईसीएल केन्द्रीय सचिव दिवस पाण्डे, नेकपा माओवादी केन्द्र कालिकाकी नगर अध्यक्ष सविता लामा, सहइन्चार्जहरु करन आग्री र देविप्रसाद ढकाल , वाईसीएल नगर इन्चार्ज नवराज घलान र वाईसीएल नगर अध्यक्ष ईश्वर भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।
भेलाले सुवास लोप्चनको अध्यक्षतामा ३२ सदस्यीय वाईसीएल ३ नम्बर वडा समिति गठन गरेको छ । जसको उपाध्यक्षमा प्रमोद ढकाल, सचिवमा विजय बम्जन, सहसचिवमा उत्तम थापा र कोषाध्यक्षमा सोनीमाया मोक्तान रहेका छन् ।