Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कमजोर बनेको मनसुनी गतिविधि फेरि सक्रिय हुँदै 

कमजोर बनेको मनसुनी गतिविधि फेरि सक्रिय हुँदै 

इच्छाकामना न्युज

२६, श्रावण २०७८
कमजोर बनेको मनसुनी गतिविधि फेरि सक्रिय हुँदै 
images

चितवन, २६ साउन । मनसुनी गतिविधि फेरि सक्रिय हुने भएको छ । भोलिदेखि मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने र त्यसैकारण देशभरि मनसुन सकृय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

images
images

पर्सिदेखि केही दिन धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविदको भनाइ छ । पर्सि प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी शुक्रबार तथा शनिबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले विशेष मनसुन बुलेटिन जारी गरेर अनुरोध गरेको छ । 

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - ०९:०६:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology