Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अध्यक्ष ओली एक्लै अघि बढ्न खोजेको भन्दै नेपाल पक्षको विरोध 

अध्यक्ष ओली एक्लै अघि बढ्न खोजेको भन्दै नेपाल पक्षको विरोध 

images

इच्छाकामना न्युज

२६, श्रावण २०७८
अध्यक्ष ओली एक्लै अघि बढ्न खोजेको भन्दै नेपाल पक्षको विरोध 
images

काठमाण्डौ, २६ साउन । एमाले अध्यक्ष केपी शर्मा ओली आफूहरूबिनै अघि बढ्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले असहमति जनाएको छ । विधान महाधिवेशन आह्वान, तयारी लगायतका विषयमा नेपाल पक्ष सहमत भइसकेको छैन तर अध्यक्ष ओलीले त्यस बारेमा एकपछि अर्को बैठकबाट निर्णय गराउँदै जानुभएको छ ।

अध्यक्ष र केन्द्रीय कमिटी सदस्य मात्रै महाधिवेशनबाट निर्वाचित हुने गरी विधान संशोधन गर्ने तयारी ओलीको छ । एमालेको विधान संसोधन प्रस्ताव हिजोको केन्द्रीय कमिटीको बैठकबाट पारित भएको छ । प्रस्तावमा महासचिवसहित अन्य पदाधिकारी केन्द्रीय कमिटीबाट आउने उल्लेख छ ।

अध्यक्षलाई एउटा महाधिवेशनदेखि अर्को महाधिवेशनसम्म ढुक्कसम्म काम गर्न सक्ने परिकल्पना संशोधित विधानले गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । केन्द्रीय कमिटीको हिजो बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो ।

यसलाई पार्टीका तल्लो कमिटीमा छलफलमा लगी आगामी विधान महाधिवेशनबाट अनुमोदन गर्ने निर्णय बैठकले गरेको  छ । नेपाल पक्षका नेताहरुले यस्तो कार्यबाट पार्टी एकतामा समस्या हुने बताएका छन् । नेता घनश्याम भुसालले हिजोको बैठक र भएको निर्णयले पार्टी एकताका लागि भइरहेको प्रयास सार्थक नहुने हो कि भन्ने चिन्ता उत्पन्न भएको बताउनुभयो ।

पार्टी एकताको काम टुङ्ग्याउनका लागि दुरगामी असर पर्ने कुनै पनि निर्णय नलिन नेपाल पक्षका नेताहरुले यसअघि आग्रह गर्दै आएका    थिए । आगामी भदौ २७ र २८ गते हुने विधान महाधिवेशन तयारीका लागि चार वटा समिति हिजो गठन गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले सो समिति गठन गरेको हो । बैठकमा अध्यक्ष ओलीले एमाले एकताका लागि अझै आफूले मोही मथिरहेको बताउनुभएको थियो । ओलीले एमाले फुटाउन केही शक्तिहरु लागेको भए पनि सफल हुन नदिइने बैठकमा बताउनुभएको थियो । 

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - ०९:०४:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology