आँबुखैरेनी, १९ कार्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिकाले गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरु तिहारसम्म बन्द गर्न निर्देशन दिएको छ। गाउँपालिकामा कोभिड १९ को प्रभाव बढ्दै गएको भन्दै गाउँपालिकाले आज एक सूचना जारी गरेरै तिहारसम्म विद्यालयहरु बन्द गर्न निर्देशन दिएको हो।
गाउँपालिकाद्वारा जारी सूचनामा गाउँपालिका भित्र कोभिड १९ संक्रमणको प्रभाव बढ्दै गएको र हाल विद्यालयमा गरिरहेको सिकाई सहजिकरणले विद्यार्थीहरुमा संक्रमणको प्रभाव पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै भोलीदेखि २८ गतेसम्म विद्यालय बन्द गर्न भनेको छ। २९ गते देखि तिहार सुरु हुने हुदाँ आँबुखैरेनीका विद्यालयहरु तिहार पछि मात्र खुल्ने भएका हुन्।